Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा व्यवसायी भुसालद्वारा दुई लाख बढीको विद्यालय पाेसाक सहयोग



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

नवीन कार्की, गुल्मी: गुल्मीमा युवा व्यवसायी पुस्तक भुसालले झण्डै साढे दुई लाख बराबरको विद्यालय पाेसाक सहयोग गर्नुभएको छ । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ मा रहेको सुर्याेदय माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई व्यवसायी भुसालले पाेसाक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक सन्तोष गाैतमले जानकारी दिनुभयो ।

गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ का स्थायी भर भई हाल काठमाडौंमा कन्दुका सप्लायर्सका संचालक युवा व्यवसायी पुस्तक भुसालले बुधबार आफन्तमार्फत विद्यालयकाे नाम सहित पाेसाक (ट्रायक सुट र ज्याकेट) हस्तान्तरण गर्नुभएको हो । कुल दुई लाख ३२ हजार बराबरको विद्यालय पाेसाक ठुलाबुबा भाेजबहादुर भुसालमार्फत विद्यालयमा पठाउनुभएको थियो ।

साेही वडाका वडाध्यक्ष बिष्णुप्रसाद गाैतम, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भेष बहादुर फुङ्जेली, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीकाे उपस्थितिमा पाेसाक हस्तान्तरण गरिएको हो । उपस्थित सबैले सहयोगी पुस्तक भुसालकाे खुलेर प्रशंसा गरेका छन् ।

Forest
Forest
Ad.

पुस्तक भुसाल बिद्यालयका सर्वाेत्कृष्ट चन्दादाता, समाजसेवी, स्पस्टवक्ता, बिद्यालय प्रेमी बिरबहादुर भुसालका कान्छा सुपुत्र हुनुहुन्छ । युवा उमेरमै उहाँले बिद्यालय प्रति देखाउनुभएकाे, सद्भाब, माया र याेगदान प्रति बिद्यालय नतमस्तक रहेको विद्यालयका प्रधानाध्यापक सन्तोष गाैतमले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो