Clean Water Campaign

Awareness Campaign

पहिलो पाइलाको विद्यार्थीलाई न्यानो माया



अनिष पन्थी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कमजाेर पारिवारिक आर्थिक अबस्थाकाे कारणले जाडाेकाे समयमा न्यानाे कपडाकाे अभावमा विद्यालय जानुपर्ने अबस्था रहेकाे प्युठान जिल्ला मल्लरानी गाँउपालिका वडा नं. १ अर्भाङमा रहेकाे श्री जनजागृती आधारभुत विद्यालयमा पहिलाे पाईला नेपाल बुटवल शाखाद्वारा पहिलाे पाईला नेपालले जाडाेमा न्यानाेपनकाे माया बाँड्ने उदेश्यसहित सञ्चालन गरेकाे “न्यानाे माया अभियान” बाट न्यानाे ट्र्याकसुट, टाेपी, माेजा वितरण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त बिद्यालयमा बालशिक्षा, १, २ र ३ मा अध्ययनरत ६४ जना बिद्यार्थीहरुलाई न्यानाे कपडासहितकाे न्यानाे माया वितरण गरिएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले आफ्नाे पालिका जिल्ला सदरमुकाम भएकाे पालिका भएपनि केही क्षेत्रहरु भाैगाेलिक रुपमा अत्यन्तै दुर्गम भएकाे साथै स्थानिय संरचना अनुसार बिकासकाे क्रममा रहेकाे र साेहीअनुसार शिक्षाकाे स्तरन्नाेती र गुणस्तरीय शिक्षाका निम्ति कार्य गरिरहेकाे बताउनुभएकाे थियाे । शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षाकाे दिगाे बिकास तथा शिक्षाकाे अधिकारकाे लागि निरन्तर कार्ययाेजना बनाएकाे कुरा ब्यक्त गर्नुभएकाे थियाे । बिद्यार्थीकाे न्यानाेपनकाे लागि पहिलाे पाईला नेपालले आफ्नाे यश बिद्यालयलाई छनाेट गरि न्यानाे कपडा वाँडेकाेमा धन्यवाद ब्यक्त गर्दै संस्थाकाे उत्तराेत्तर प्रगती र आबश्यक क्षेत्रमा पहिलाे पाईला नेपालका पाईला निरन्तर चाल्न शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।

पहिलाे पाईला नेपालले युवाहरुकाे सहभागीता तथा सामुअिक क्रियाकलापकाे माध्यमबाट सामाजिक क्षेत्रमा विभिन्न अभियानहरुमार्फत सामाजिक सेवामुलक कार्यहरु गरिरहेकाे कुरा जानकारी दिदै पहिलाे पाईला नेपालका महासचिव विनाेद महतले “जहाँ दुख्छ त्यहा पहिलाे पाईला पुग्छ” भन्ने उदेश्यसहित शिक्षा, स्वास्थ्य, सरसफाई, मानसुरक्षा, नेतृत्व तथा ब्यक्तित्व विकासका क्षेत्रमा पहिलाे पाईला नेपाल क्रियाशिल रहेकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।

सिंचाई
Forest
Ad.

कार्यक्रम तथा अभियानकाे बारेमा उपस्थितिलाई जानकारी प्रदान गर्दै कार्यक्रम संयाेजक तथा बुटवल शाखा काेषाध्यक्ष सन्ताेष के.सी. ले यश बिद्यालयकाे भाैगाेलिक अबस्था, स्थानिय बासिहरुकाे कमजाेर पारिवारीक आर्थिक अबस्थालाई मध्यनजर गर्दै यश बिद्यालयलाई न्यानाे माया स्वरुप न्यानाे कपडा बितरणकाे लागी छनाेट गरिएकाे र साेहीअनुसार बिद्यार्थी भाईबहिनीहरुलाई न्यानाेपनस्वरुप न्यानाे कपडा वितरण गरिएकाे जानकारी दिनुभएकाे थियाे ।

बिद्यालयककाे कमजाेर भाैतिक अबस्था, भाैगाेलिक बनावट तथा अध्ययनरत बिद्यार्थीका पारिवारीक अबस्थाकाे वारेमा जानकारी दिदै बिद्यालयकि प्राधानाध्यापक सुनिता जि.सी. ले पहिलाे पटक कुनै पनि संस्थाले त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीकाे लागि सहयाेग गरेकाे प्रति धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे ।

न्यानाे कपडा प्राप्त गरेका कक्षा ३ मा अध्ययनरत छात्र सुमन नेपालीले न्यानाे कपडा प्राप्त गरेकाेमा खुसी लागेकाे ब्यक्त गर्दै उक्त कपडा बिद्यालयमा आँउदा लगाउने, सफा राख्ने बताउनुभएकाे थियाे । कमजाेर पारिवारिक अबस्थाका कारणले नयाँ न्यानाे कपडा दिलाउन नसकेकाे कुरा ब्यक्त गर्दै अभिभावक शर्मिला नगरकाेटीले आफ्ना बच्चाहरुलाई न्यानाे कपडा बितरण गरेकाेमा पहिलाे पाईला नेपाल बुटवल शाखालाई धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे ।

पहिलाे पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनाेद बस्यालकाे अध्यक्षता, मल्लरानी गाँउपालिका अध्यक्ष कृष्ण बहादुर खड्काकाे प्रमुख आतिथ्यता, पहिलाे पाईला नेपाल केन्द्रीय महासचिव विनाेद महत, मल्लरानी गाँउपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठकाे विशिष्ट आतिथ्ता, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष, स्थानिय जनप्रतिनिधिहरुकाे आतिथ्यता, पहिलाे पाईला नेपाल बुटवल शाखा उपाध्यक्ष सन्ताेष बन्जाडेकाे स्वागत मन्तब्य, बिद्यालयकी प्रधानाध्यापक सुनित जि.सी. काे धन्यवाद मन्तब्य, पहिलाे पाईला नेपाल बुटवल शाखा पदाधिकारी तथा सदस्य, स्थानिय समाजसेवी, बिद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो