गुल्मी: समाजसेवी लिल बहादुर थापाले पर्वतका ३ सहाराविहिन परिवारलाई राहत सामाग्री सहयोग गर्नुभएको छ। बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँ स्थायी घर भई हाल अमेरीकामा रहनुहुने थापाले आर्थिक रुपमा विपन्न तथा विभिन्न शारिरिक रुपमा अशक्त भएका परिवारहरुलाई सहयोग सामाग्री प्रदान गर्नुभएको हो ।
पर्वत जिल्लाको जलजला गाउँपालिका ३ का मलद्धार क्यान्सरका कारण पीडित राजाराम कार्कीको परिवारलाई थापाले खाद्यान्न, लत्ताकपडा, ग्यास चुलो लगायतका राहत सामाग्री प्रदान गर्नुभएको हो । कार्की लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित छन् ।
उनको उपचारका लागि घरको जायजेथा नै सकिन लागेपछि ऋण खोजेर उपचार गरिरहेका उनको परिवारलाई दैनिक गर्जो टार्न समेत मुस्किल भएको कथा जिटिभि नेपालबाट प्रशारण भएपश्चात हाल थापाले राहत सामाग्री पठाउनुभएको हो । उक्त राहत जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले पीडितको परिवारमै पुगेर हस्तान्तरण गर्नुभएको हो । राहत सामाग्री पाएपछि पीडित कार्कीले आफ्नो खुसी फर्काइदिएको भन्दै समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गरे ।
त्यस्तै सोही ठाउँकै शारिरिक रुपमा अशक्त रेशम परियारको परिवारलाई पनि थापाले राहत सामाग्री प्रदान गर्नुभएको हो । रेशम पूणर् रुपमा अशक्त छन् उनी हिँड्डुल गर्न समेत सक्दैनन् । २८ वर्षीय छोराको स्याहार सुसार आमाले गर्दै आउनुभएको छ । न्यून पारिवारिक अवस्थाका बाबजुद दैनिकी चलाउन समेत कठिनाई भईरहेको अवस्थामा थापाले खाद्यान्न, लत्ताकपडा लगायतका सहयोग सामाग्री प्रदान गर्नुभएको हो ।
त्यस्तै पर्वतको जलजला गाउँपालिका २ का सजन वि.कको परिवारलाई पनि थापाले राहत सामाग्री प्रदान गर्नुभएको हो । १८ वर्षीय सजन पनि पूणर् शारिरिक अपांगता छन् । आर्थिक अभावका कारण उपचार समेत गराउन नसकिरहेका उनको परिवारलाई बिहान बेलुका खाने खर्चको समेत अभाव छ । यसै सम्बन्धी उनको कथा जिटिभि नेपाल मार्फत प्रशारण हुने कार्यक्रम संघर्षका कथामा प्रशारण भएको थियो । सो सामाग्री हेरेर थापाले सहयोग सामाग्री पठाउनुभएको हो । खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री थापाले सहयोग गर्नुभएको हो ।
सहयोग सामाग्री पाएपछि ३ जना परिवारले नै समाजसेवी थापाले परदेशमा दुःख गरेर कमाएको पैसा आफ्नो लागि पनि पठाएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
समाजसेवी लिल बहादुर थापाले लामो समयदेखि आफुले अमेरीकामा रहेर आर्जन गरेको पैसा आफ्नो घरदेश नेपालका विभिन्न जिल्लामा रहेका असहाय, दुःखी र गरिबहरुलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले हालसम्म घरबारविहिन ४ परिवारको एकल खर्चमा घर निर्माण गरिदिनुभएको छ । भने देशका सयौँ विपन्नहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










