Awareness Campaign

गाउँ पुग्यो फुटबलको सम्भावना



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: अर्जे माबिले फोर्टिन स्टार कपको उपाधी मात्रै उचालेको छैन। उपाधी र फुटबलको सम्भावना गाउँसम्म पनि पुर्याएको ‌छ। समूह चरण, क्वाटर र सेमिफाइनलमा समेत गाउँका विद्यालयका खेलाडीले तम्घासका मै हु भन्ने बोर्डिङ स्कुल र सरकारी विद्यालयलाई ठुलो चुनौती दिएका थिए ।

सेमिफाइनलमा मालिका माबीलाई पन्छाएको महेन्द्रलाई अर्जे माबिले उछिनेर उपाधी चुम्यो । महेन्द्रका थुप्रै प्रहार सजिलै छोप्ने टिम कप्तान तथा गोल किपर अर्जुन बिश्वकर्माका अगाडि महेन्द्रको केही लागेन । सुरुबाटै ट्राइब्रेकरमा पुगेर खेल जित्ने अर्जुनको योजना सफल बन्यो । ट्राइब्रेकरमा घरेलु मैदानका कारण महेन्द्रलेनै जित्छ भन्ने धेरैको अड्कल थियो । तर, महेन्द्रका राम्रो खेल्ने खेलाडीले समेत हतोत्साहित प्रहार गर्दा बल बाहिरियो । भने केही सुट अर्जेका किपर अर्जुनको पन्जामा सजिलै परे । यो खेल, गाउँका विद्यालयको उपस्थिति र उपाधीले आगामी बर्ष सबैलाई ठुलो तयारीको पाठ दिएको छ ।

त्यो बाहेक शहरमा मात्र सिमित फुटबलको सम्भावना गाउँमा पनि छ भन्ने सन्देश दिएको छ । मुख्य खेल मध्ये भलिबल गाउँमा राम्रो छ । त्यो केही समय अघि सत्यवतीले लगेका महिला पुरुषका भलिबलका उपाधीबाट सबैले जानेका छौ । त्यसबाहेक फुटबल र क्रीकेट बजार अर्थात शहरबाट टाढा पुग्न सकेको थिएन । अहिले बिस्तारै फुटबलको उर्जा र सम्भावना गाउँमा पनि देखिएको छ । स्थानीय सरकारले अध्यक्ष कपमा फुटबल र क्रीकेट गर्दैनन । क्लबहरु धेरैले पनि भलिबल मात्रनै आयोजना गर्छन्।

Forest
Forest
Ad.

यद्यपि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा समेत फुटबल र क्रीकेट छैन । खेल निकै बिडम्बनापुर्ण अवस्थामा छ । न खेल मैदान, न खेलाडी प्रोत्साहन, न प्रशिक्षण । अझ खेल्दा लड्यो भने उपचारको लागि बाक्सा थाप्नुपर्ने । समूह चरणमा खेल मैदानमा घाइते मालिका माबिका महेन्द्र खत्री टाउको र चिउडोको अप्रेसन गर्ने अबस्थामा पुगेका छन । परिवारको आयस्रोत केही छैन । राज्यले केही हेर्दैन । स्थानीय नेता खेलाडीको भबिस्य भन्दा पार्टी हेरेर पक्षपात गर्छन । बिजय भएपछि फोटो खिच्न र बधाई ठोक्न आत्तिएका नेता महेन्द्रको उपचारमा पनि गम्भीर बन्नुपर्छ । क्लबले खेलाडी मृत्युको मात्र बिमा गरेको थियो । प्राथमिक उपचार र थप सहजीकरणको लागि दैनिक सहयोग संकलन गरिरहेको छ । खेल मैदानमा ढलेका खेलाडी उपचार अभावमा उठ्न पाएनन् भने अरु खेलाडीको मनोबलमा ठूलो चोट पर्ने छ ।

फोर्टिन स्टार युवा क्लवले १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगिता निकै सानदार बनेको छ । एन्फाका रेफ्री र लामो समयको ब्याबस्थापन तथा विद्यालयको व्यापक उपस्थितिले खेल सफल बन्यो ।

तम्घासका फोर्टिन स्टार र पुल्चोकले खेल क्षेत्रको बिकासमा ठुलो योगदान दिएका छन । छरिएर होइन जुटेर तम्घासका सबै क्लबहरुको एउटा अझै उर्जावान क्लब निर्माण गर्ने सके शक्तिशाली सस्था र धेरै राम्रो सामाजिक कामहरू गर्ने सकिन्छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →