Hi-Speed Computer

Awareness Campaign

गाउँकै पौरखबाट ‘सफल’ भएका गुल्मीका शंकर (भिडियो रिपोर्ट सहित)



प्रेम सुनार
१ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: नेपालमा केहि छैन, विदेशिनु बाहेक विकल्प छैन भन्दै विदेशिनेहरुका सामु सामु स्वदेश मै विदेशको भन्दा बढि कमाई हात पार्ने पात्रहरु पनि तमाम छन। ती मध्येका एक हुन् गुल्मीको पौदिअमराईका शंकर थापा। जो गाउँकै सामान्य चिया नास्ता पसलबाट सुरु गरेको व्यवसायले झुपडीबाट आलिसान महलको मालिक बनेका छन।

घरको गरिबीले सानै उमेरमा भारततिर नोकरी गर्न हिडेँका मुसिकोट नगरपालिका १ पौदिअमराईका थापा त्यहाँ १०÷१२ वर्ष विताए पनि घर खर्च चलाउनु शिवाय बढि कमाई गर्न सकेन्न । फर्केर स्वदेशको एउटा प्रोजेक्टमा जागिर पनि खाए। तर आर्थिक अवस्था उस्तै रह्यो । पौदिअमराईको एकदम विकट थलो आमधारामा चारैतिर घनाजङ्ग्लको विचमा सानो घर गोठ। वर्षभरि खान नपुग्ने जमिन। थापा भन्छन् ‘बुवाले सक्ने बेलासम्म अर्कैको काम मजदुरी गरेर हामीलाई हुर्काउनु भयो। जब उहाँका हात खुट्टा बसे तब म घर चलाउन मुस्किल परेर कलिलै उमेरमा ईण्डिया तिर नोकरी गर्न हिडेको हु । त्यहाँ दश १२ वर्ष जति बसे पछि खासै उपलब्धि नदेखेर घर फर्किए।

अब यसरी हुन्न, ‘आफै केहि गर्नु पर्छ भनेर २०७३ सालमा घर फर्केर ऊ त्यो झाप्रो भाडामा ल्याएर चिया नास्ता सुरु गरेको हुँ।’ त्यस यता श्रीमति शारदाले गाई भैँसी , बाख्रा पालनबाट आम्दानी लिने र श्रीमानले होटल चलाउनेदेखि अन्य मजदुरी समेत गरेर आजको स्थानमा आएको बताईन । उनले बिगतका दिन सम्झिदै भनिन् यति दुःख पाईएन। जङ्गल बिचको बङ्गालोमा (कटेरे घर) मा बस्थिम । छोराछोरी छाडेर मजदुरी गर्न जाँदा किराले (चितुवा) खाई दियो भन्ने पिर लाग्थ्यो । अब त ती दुःखका दिन गए भन्नेमा ढुक्क छौँ तर काममा खट्ने कुरामा थप जागर निकाल्दै छौँ। छिमेकीहरुले आफुहरुलाई जापान जानेहरूको कमाईलाई उछिनेको बताउने गरेको थापाले बताईन।

Forest
Forest
Ad.

आजको स्थानमा आउला भन्ने आफुहरुले कल्पना नै नगरेको थापा दम्पतिले बताए। आफुमा विदेश जाने मनै नभएकोले पासपोर्ट अहिलेसम्म नबनाएको बताए। पौरख गर्न सके गाउँमै विदेशको भन्दा बढि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सकेकोमा आफुलाई खुशि लागेको थापा बताउँछन। मार्वलसहितको किचन, शौचालयसहितको घर बनाउँदा एक करोड बढि खर्च भएको उनले बताए। हिजो डोकोमा सामन बोकेर पसल गर्ने थापा अहिले आफ्नै गाडिको सुविधा पाएका छ्न् ।

घरमा खाने खर्च नहुदा बेसाह खोजेर खाएको स्मरण गर्ने थापा अहिले ४२ बर्षको उमेरमा आई पुग्दा चिया पसलको भाडै माझेर आजको अबस्थामा आएको सुनाउछ्न । थापा दम्पतीका तिन सन्तान सरस्वति , सागार र बिशाल पनि त्यस्तै पौरखि देखिए । उनिहरु स्कुल समयका अलवा पसलमा खट्ने गरेको पाईयो ।

थापा दम्पतीले गर्न सके गाउँमै पनि कमाई छ, बिदेश जानै पर्छ र भन्ने सन्देश मात्रै दिएका छैन्न , गाउँमा कमाउने शहरतिर लगेर थन्काउने प्रवृत्ति रोकिनु पर्छ भन्ने सन्देश पनि दिएका छ्न । सुरुमा सानो लगानी बाट गाउँ मै विभिन्न पेशा गरेका थापा दम्पती जस्ता तमामको सफलता देख्न सकिन्छ । उच्च महत्वाकांक्ष राख्ने, छिट्टै धनी हुन खोज्ने तर स्वदेशमा काम गर्न लजाउने अनि विदेशिने बाध्यता मात्रै नभएर विचलन पनि हो कि भन्ने महसुस हुन्छ सात बर्ष मै थापा परिबारको सफलता देख्दा । यस्ता उदाहरणको सिको गरेर तपाईं पनि गाउँमै संघर्ष गर्ने कि?

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →