Salime Malika Krishi Farm

Awareness Campaign

फोर्टिन स्टार कपमा दुई दिनमा ७ खेल, उत्कृष्ट खेल प्रर्दशन गर्दै गाउँका विद्यालय



टोपलाल अर्याल
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: फोर्टिन स्टार युवा क्लवले १३ औँ वार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगितामा तम्घास बाहिरका बिद्यालयहरुको उत्कृष्ट प्रर्दशन देखिएको छ।

अहिलेसम्मका ७ खेलमा गाउँबाट प्रतिनिधित्व गरेका चार बिद्यालय बिजयी बनेर अघिल्लो चरणमा प्रवेश गरेका छन् । भाडगाउँ माविले ब्रिलेण्ट युनाइटेड एकेडेमीलाई, जनसहयोग माविले रेसुगा माविलाई, पालुखा माविले पृथ्वी माविलाई र मालिका माविले रिडी माविलाई पराजित गरेका छन् । घमिरको देविस्थान मावि र तम्घासको सिद्धबाबा माविबिचको प्रतिस्प्रर्धा निकै चाख लाग्दो बन्यो । बराबर गोल गरेपछि पेनाल्टिमा सिद्धबाबाले देविस्थान माविलाई पराजित गरेको थियो ।

खेल मैदान र प्रशिक्षणको अभाव हुने गाउँका बिद्यालयबाट गरिएको उत्कृष्ट प्रर्दशनको दर्शक दिर्घबाट समेत निकै प्रसंसा र समर्थन रहेको थियो । त्यस्तै गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुलले लिटिलस्टार्स पब्लिक स्कुल उर्लेनीलाई र अर्जुन बोर्डिङ्गले उपल्लो तम्घास माविलाई पराजित गरेको छ । प्रतियोगीता आगामी १० गतेसम्म संचालन हुनेछ ।

सिंचाई
Forest
Ad.

जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लवले छात्र र पुल्चोक स्र्पोट क्लवले छात्रा फुटवल प्रतियोगीता गर्दै आएका छन् । शहरका बिद्यालयहरुमा मात्रै केन्द्रित फुटवल खेलको मोह गाउँसम्म बिस्तार गर्न क्लवहरुले लामो समयदेखि फुलबल प्रतियोगीताको आयोजना गरिरहेका छन् ।

जसका कारण १९ टिम मध्ये १० टिम सदरमुकाम बाहिरबाट प्रतियोगीतामा सहभागी थिए । यो उपस्थितीले गाउँसम्म फुटवल खेलको मोह बढ्दै गएको छ । प्रतियोगीतामा महेन्द्र मावि, रिर्डस पब्लिक हाइस्कुल, आर्दश बिद्या आश्रम, अर्जे मावि अर्जे र भगवति मावि सिमीचौरको प्रचिस्प्रर्धा हुन बाँकी रहेको क्लवका महासचिव नारायण आचार्यले बताए ।

चौथो फोर्टिन स्टार कप–२०८०’ मा विजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने क्लवका महासचिव आचार्यले जानकारी दिए । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत क्लवले गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →