Smoking Causes Cancer

विद्यार्थीसंग अदालत कार्यक्रम रेसुङ्गा बहुमुखी क्याम्पसमा सम्पन्न



अनिष पन्थी
३ वर्ष अगाडि


Place for ads

गुल्मी: समुदायमा सरकारी वकिल अन्तरक्रिया कार्यक्रम रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा सम्पन्न भएको छ। जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको आयोजनामा शुक्रबार उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी र प्रध्यापकहरुको माझमा जिल्ला सरकारी वकिल कार्यालय गुल्मीका जिल्ला न्याधिवक्ता खिमान्द गौतम र जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलले आफ्नो कानुनी प्रस्तुति राख्नुभएको थियो।

कार्यक्रममा विद्यार्थी र प्रध्यापकहरुलाइ कानुनी ज्ञान, कानुनी सिद्धान्त, फौजदारी कानुनीका सिद्धान्त लगायत विभिन्न कानुनी शिर्षकको बारेमा जानकारी गराइएको थियो ।

सिंचाई
Forest
Ad.

कानुनी ज्ञान लिनुपर्ने दायित्व बिद्यार्थी एवं प्रध्यापकको भएको क्याम्पस प्रमुख हरि बहादुर खत्रीले बताउनुभयो। यी यस्ता कानुनी कुराहरुको बारेमा जानकारी लिन सबै बिद्यार्थीलाई आग्रह समेत गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो