Hi-Speed Computer

Awareness Campaign

गुल्मीकी क्यान्सर पीडित फुलमायाको जीवनरक्षाको आग्रह



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

रमेश विश्वकर्मा, गुल्मी: गुल्मीको मदाने गाउँपालिका-७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारको गत असार महिनामा दायाँ स्तनमा समस्या आयो। अहिले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उहाँको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको परिवारका सदस्यले बताउनुभएको छ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट सुनारको औषधि उपचार गरिएको भए पनि सन्चो नभएपछि उहाँलाई क्यान्सर अस्पताल लगिएको उहाँका बुवा दुजमान सुनारले बताउनुभयो । फुलमायाको उपचारका लागि घर–सम्पत्ति सबै बिक्री गर्दा पनि उपचार खर्च नपुगेपछि सहयोगको आग्रह गरिएको उहाँका बुवा सुनारले बताउनुभयो ।

उहाँको श्रीमान, एक छोरा, ससुरा बुवा र सासुआमा घरमा हुनुहुन्छ । आर्थिक रुपमा कमजोर उहाँको श्रीमान आकाश नेपाली रोजगारीका लागि भारतमा हुनुहुन्थ्यो । श्रीमतीको स्वास्थ्य अवस्था विग्रपछि अहिले उहाँ भरतपुर आउनुभएको छ ।

Forest
Forest
Ad.

पुलमायाको उपचारको लागि मदाने गाउँपालिका –६, पुर्कोट दहका वडा सदस्य बसन्त कुँवरले अभियान चलाउनुभएको छ । परिवारको आर्थिक अवस्था दयनीय रहेको हुँदा फुलमायाको उपचारमा सहजता ल्याउन अभियान चलाइएको उहाँले बताउनुभयो ।

आर्थिक सहयोग संकलनका लागि फुलमायाको छिमेकी शारदा थापा बोहोराको नाममा रहेको कृषि विकास बैंक पुर्कोट दह शाखाको खाता शुन्य बनाइ सो खातामा रकम जम्मा गर्ने अभियान चलाइएको उहाँले बताउनुभयो । उक्त बैंकको खाता ०४२५४०१३७६९८६०१० मा आर्थिक सहयोग जम्मा गरिदिन अभियानकर्ता कुँवरले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो