Clean Water Campaign

Awareness Campaign

गुल्मीदरबार गाउँपालिकामा एकीकृत घुम्ती शिविर सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

नवीन कार्की, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकामा संचालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ।

जस अन्तर्गत गाउँपालिकाकाे सबै सेवा वडामै पुगेको हो। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न हुँदा यहाँका सबै वडका नागरिकले सेवा लिएका छन ।

वडा नम्बर १ मा १६ वटा योजना सम्झौता, ४० व्यवसाय दर्ता तथा नविकरण, ५ जेष्ठ नागरिक परिचय पत्र वितरण , ५७ जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,२ ठाउँमा माटो परिक्षण, ८० पशुलाइ औसधि बितरण र ५ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ ।

सिंचाई
Forest
Ad.

यस्तै वडा नम्बर २ मा २४ वटा योजना सम्झौता, ४२ व्यवसाय दर्ता तथा नविकरण, १८७ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण , ११० जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,२ ठाउँमा माटो परिक्षण, १०६ पशुलाइ औसधि बितरण र ४ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ ।

वडा नम्बर ३ मा १७ वटा योजना सम्झौता, ८ व्यवसाय दर्ता तथा नविकरण, २८ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण , ७३ जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,९ ठाउँमा माटो परिक्षण, ९२ पशुलाइ औसधि बितरण र ४ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४ मा २८ वटा योजना सम्झौता, ४३ व्यवसाय दर्ता तथा नविकरण, ५७ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण , १३६ जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,१६ ठाउँमा माटो परिक्षण, १७५ पशुलाइ औसधि बितरण र २ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ५ मा १८ वटा योजना सम्झौता, ३८ व्यवसाय दर्ता तथा नविकरण, ३८ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण , १०० जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,६ ठाउँमा माटो परिक्षण, ९० पशुलाइ औसधि बितरण र १ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

Awareness by SKF

वडा नम्बर ६ मा १७ वटा योजना सम्झौता, २१ व्यवसाय दर्ता तथा नविकरण, ११ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण , ७० जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,२३ ठाउँमा माटो परिक्षण, ८२ पशुलाइ औसधि बितरण र ४ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

वडा नम्बर ७ मा २९ वटा योजना सम्झौता, ४१ व्यवसाय दर्ता तथा नविकरण, ३ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण , ११४ जनालाई निशुल्क स्वास्थ्य परिक्षण ,१२६ ठाउँमा माटो परिक्षण, ९२ पशुलाइ औसधि बितरण र १ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविर गत मंसिर २४ गतेदेखि सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो