Hi-Speed Computer

Awareness Campaign

बागलुङ महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउँदै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउनु हुने भएको छ। आगामी पौष ११ देखि २१ गतेसम्म बागलुङ महोत्सवलाई सम्बोधन गर्न पौडेल बागलुङ आउनुहुने भएको हो। बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा संचालन हुन थालेको ‘बागलुङ महोत्सव-२०८०’ लाई उद्घाटन राष्ट्रपति पौडेल गर्न पौष ११ गते बागलुङ आउने संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेल बागलुङ आउने भएसँगै तयारीमा जुटेको अध्यक्ष कँडेलको भनाइ छ । पौडेल बागलुङ आएको बेला सर्वसिद्धि धाम पञ्चकोट, सालिग्राम संग्राहलय र बागलुङ कालिका मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको कँडेलले जानकारी दिनुभयो । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने अध्यक्ष कँडेलले बताउनुभयो । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएको हुँदा महोत्सवले आर्थिक बजारलाई चलायमान बनाउने उहाँको भनाइ छ । महोत्सवमा एक सय बिसभन्दा बढी स्टलहरुमार्फत मेलामा राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उहाँले बताउनुभयो ।

Forest
Forest
Ad.

हरेक तीन/तीन वर्षमा गरिँदै आएको महोत्सव अघिल्लो पटक कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । सो अवसर सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो