Hi-Speed Computer

Awareness Campaign

बागलुङको बडिगाडले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै



सागर भण्डारी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकाले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आगामी पौष ५ गतेदेखि अनलाईन मार्फत तैयारी कक्षा सञ्चालन गर्न लागेको हो।

सामाजिक तथा आर्थिक रूपले पछाडि परेकाहरूलाई सरकारी सेवामा प्रवेश गराउने तथा सरकारी सेवाका लागि प्रोत्साहित गरेर उनीहरूको सामाजिक तथा आर्थिक पक्षलाई सुधार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

प्रदेश लोक सेवा आयोगले मसिंर १५ गते जारी गरेको सुचना बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाँचौ तहका प्राविधिक तथा अप्राविधिक पदहरुलाई मध्येनजर गरी बडिगाड गाउँपालिका भित्रका लोक सेवा आयोगको तयारीमा जुटेका विद्यार्थीहरुलाई विशेष लक्षित गरी लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

गाउँपालिका भित्रका १ सय जना विद्यार्थीहरुलाई अनलाईन कक्षा दिन लागिएको र त्यसमध्ये दलित र महिलाहरुलाई विशेष प्राथमिकता दिईने गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरले बताउनुभयो।

गाउँपालिकाले उक्त कक्षा लिन ईच्छुक विद्यार्थीहरुले पौष ५ गतेसम्म गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्न समेत आग्रह गरेको छ । त्यस्तै विभिन्न पदमा अनलाइन फारम भर्नका लागि आवश्यक कागजात सहित निवदेन पेश गर्न अनुरोध गरिएको छ।

लोकसेवा तथा शिक्षक सेवा जस्ता प्रतिस्पर्धात्मक सेवामा स्थानिय यूवा वर्गको आकर्षण बढाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । यस प्रकारको कक्षा लिन बिद्यार्थीहरु पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता र धेरै शुल्क बुझाउनुपर्ने बाध्यताले पढन् नपाएको अवस्थामा गाउँपालिकाले सम्बोधन गरेको उहाँको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, लेखा अधिकृत डिल्ली प्रसाद शर्मा र शिक्षा अधिकृत पूर्ण घर्ती मगरले कक्षा सञ्चालन गर्नुहुनेछ ।

Awareness by SKF

बडिगाड गाउँपालिकाले गत वर्ष पनि भौतिक र अनलाईन दुबै माध्यमबाट शिक्षक सेवा आयोगको तैयारी कक्षा सञ्चालन गरेको थियो । जसमध्ये पहिलो परिक्षामा कक्षामा सहभागी २ सय जना मध्ये ५० जना उतिर्ण भएका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो