Smoking Causes Cancer

आफ्नो जन्मदिनमा तम्घासको आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सूर्य सुनार, गुल्मी: पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ। जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ उपाध्यक्ष जनक पन्थले आफ्नो जन्मदिनको खर्च आशा अपाङ्ग केन्द्र गुल्मीलाई सहयोग गर्नुभएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा व्यवसाय गर्दै आउनुभएका पन्थले जन्मदिनको खर्च कटाएर आशा अपाङ्ग केन्द्रलाई नगद सहित खाद्ययन्न सहयोग गर्नुभएको हो ।

जन्म दिनमा हुने फजुल खर्चलाई आफूले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पन्थले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

आशा अपाङ्ग केन्द्र गुल्मीलाई विभिन्न समयमा आएर यहाँको मर्म अनुसार सहयोग गरेको प्रति आशा अपाङ्ग केन्द्र गुल्मीका लेखापाल अमृत विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पन्थले यस अघि पनि आशा अपाङ्ग केन्द्र गुल्मीलाई र वृद्धाआश्रममा गएर आफ्नो जन्म दिन मनाउनुभएको थियो ।

तम्घासमा व्यवसाय गर्दै आउनुभएका पन्थ विभिन्न सामाजिक कार्यमा क्रियाशील रहनुभएको छ । उहाँ लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा गुल्मीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो