Salime Malika Krishi Farm

Awareness Campaign

ददल्कामा पौष ३ देखि सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी पूरा



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, ददल्का थुममा अवस्थित वत्स गोत्रीय खरालहरुको कुल मन्दिर समुद्घाटनको अवसरमा पारेर आयोजित मूर्ति प्राण प्रतिष्ठापन एवम् कुल पितृ मोक्षार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।

आयोजक श्री थानपति खराल कुलदेव मन्दिर संरक्षण एवम् सम्बद्र्धन संस्थाले आज पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । खरालबन्धुहरुको सहयोगमा नवनिर्मित थानपति खराल कुलदेव मन्दिरको समुद्घाटनको अवसर पारेर आगामी पौष ३ देखी १० गते सम्म मूर्तिहरुको प्राणप्रतिष्ठा सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको र तयारी अन्तिम चरणमा पुगेको श्री थानपति खराल कुलदेव मन्दिर संरक्षण एवम् संवद्र्धन समितिका अध्यक्ष भानुभक्त खरालले जानकारी दिनुभयो ।

उक्त ठाउँलाई खरालहरुको उद्गमस्थल मानिन्छ । देश विदेशमा रहेका खरालबन्धुहरुको सहयोगमा निर्मित कुल मन्दिरमा पौष १ गतेदेखि ३ गतेसम्म मूर्तिको प्राण प्रतिष्ठा सहित पुजाआजा र अन्य कार्यक्रम रहने र पौष ३ गते देखि १० गतेसम्म पितृ मोक्षार्थ महायज्ञ सञ्चालन हुने समितिका सचिव एवम् महोत्सव प्रचारप्रसार समिति संयोजक कालिदास खरालले जानकारी दिनुभयो । देशभर छरिएर रहेका खरालबन्धुहरुको जमघट गराउने र ददल्कालाई पूण्यभूमीको रुपमा स्थापित गर्ने उद्धेश्य सहित कुल मन्दिर निर्माण र महायज्ञको आयोजना गरिएको उहाँको भनाई छ ।

सिंचाई
Forest
Ad.

पूर्वजहरुले सिञ्चित गरेको भूमीको उत्थान गर्ने र धर्म, संस्कृती एवम् संस्कारको संरक्षण गर्दै नयाँ पिढिलाई समेत सिकाई होस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको सचिवालय सदस्य धनपति खरालले बताउनुभयो । यस ठाउँलाई खरालहरुको पूण्यभूमीको रुपमा स्थापित गर्नुपर्ने उहाँको भनाई छ ।

महायज्ञका यज्ञाचार्य दुर्गादत्त खरालले ददल्का संसारभर रहेका खरालहरुको उद्गमस्थल भएकाले सबै उपस्थित भई आफ्नो कुल देव मन्दिरको दर्शन र महायज्ञमा सहभागी भई पुण्यलाभ लिन आग्रह गर्नुभयो ।

खराल वंशोद्धार प्रतिष्ठान नेपालका अध्यक्ष यदूमणी खरालले वत्स गोत्रिय खरालहरुको उद्गमस्थलको रुपमा ददल्कामा पूर्खाहरुको ईतिहास जोगाइराख्न खरालबन्धुहरुको सहयोगमा ऐतिहासिक मन्दिर निर्माण भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले खरालहरुको मात्रै नभएर महायज्ञ सबैको साझा भएकाले उपस्थित हुन आग्रह समेत गर्नुभयो ।

खराल वंशको उत्पति भएको स्थानलाई ऐतिहासिक ठाउँको रुपमा परिचित गर्नका लागि महायज्ञ आयोजना गरिएको स्थानीय डिल्लीराज खरालको भनाई छ ।

Awareness by SKF

महायज्ञमा हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज संगै कथावाचकको रुपमा स्वामी केशवाचार्य सूर्यपाकी, गणेशाचार्यको रुपमा ब्रह्मचारी हंस चैतन्य र यज्ञाचार्यको रुपमा दुर्गादत्त खराल रहनुहुनेछ ।

कुलदेव मन्दिर र गणेश मन्दिरमा मूर्तिहरुको प्राणप्रतिष्ठा सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरेर तैयारीका कामहरुलाई भव्य रुपमा अगाडी बढाईएको छ ।

४ वर्ष अगाडीबाट देश विदेशमा रहेका खरालबन्धुहरुबाट सहयोग संकलन गरी कुल मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि स्थानीय स्व.टिकाराम खराल र उमाकान्त खराल (राम प्र.) ले ३ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो ।

यो संगै देश विदेशमा रहेका खरालबन्धुहरुबाट संकलित झण्डै सवा करोड रकमले मन्दिर निर्माणको काम चलिरहेको समितिले जनाएको छ । कुल देव मन्दिरसंगै मन्दिर परिसरमा गणेश मन्दिर, यज्ञशाला र प्रवेशद्धार लगायतका संरचना निर्माण गर्दा हालसम्म आम्दानी र खर्च बराबरीमा रहेको बताईएको छ । कुल मन्दिरको पूणर् निर्माण र यज्ञ लगायत अन्य कार्यका लागि अझै पनि चन्दा संकलन जारी रहेको उहाँको भनाई छ । समितिले महायज्ञ सञ्चालनका लागि झण्डै १५ लाख खर्च हुने अनुमान गरेको छ ।

कुल मन्दिर परिसरमा स्थानीय खिम खराल र घनश्याम खरालको परिवारबाट ६ लाख लागतमा हवनकुण्ड र भजने खराल दाजुभाईबाट झण्डै ९ लाख लागतमा मूल प्रवेशद्धार निर्माण गरिदिनुभएको छ ।

महायज्ञबाट संकलित रकमले मन्दिरमा बाँकी रहेका कामहरु पुरा गर्ने र आवास गृह निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो