Clean Water Campaign

Awareness Campaign

समाजसेवी छन्त्याल, जसले व्यक्तिगत खर्चमा बनाईदिए पाण्डवखानी माविको २ कोठे भवन



कौरव खत्री
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको गलकोट नगरपालिका-१० स्थित पाण्डवखानी माध्यमिक विद्यालयमा स्थानीय एक समाजसेवी व्यक्तिले पक्की २ कोठे भवन बनाई दिनुभएको छ।

सोही वडाकै पाण्डवखानी निवासी बरिस्ठ समाजसेवी मानसिंह छन्त्यालले विद्यालयमा आफ्नो व्यक्तिगत लगानीमा २ कोठे पक्की भवन निर्माण गरिदिनुभएको हो। विगतमा ४ दशक लामो समयावधिसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रही उक्त विद्यालयको नेतृत्व समेत गर्दै आउनु भएका छन्त्यालले विद्यालयलाई भवन निर्माण गरिदिनुभएको विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले जानकारी दिनुभयो।

समाजसेवी छन्त्यालको सहयोग अतुलनीय रहेको भन्दै उहाँले भवन निर्माणसंगै विद्यालयको शैक्षिक र भौतिक वृद्धि विकासमा निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Forest
Forest
Ad.

समाजसेवी छन्त्यालले निर्माण गरिदिनुभएको उक्त २ कोठे पक्की भवनको विद्यालयले आफ्नो स्थापनाको ६२ ओैँ बर्ष पुरा गरेको अवसरमा आयोजना गरेको वार्षिकोत्सव तथा हीरक जयन्ती महोत्सवको अवसरमा समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ।

नवनिर्मित भवनको यही मंसिर ३० गते शनिवार गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा समुद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक सुनारले जानकारी दिनुयो ।

सोही कार्यक्रमकै अवसरमा विद्यालयसँगै सिंगो पाण्डवखानी क्षेत्रको विकास र समृद्धीमा अतुलनीय योगदान दिनुहुने संविधान सभा सदस्य एवम् विद्यालयका संरक्षक नीरज पुन, भवन निर्माणकर्ता एवम् बरिष्ठ समाजसेवी मानसिंह छन्त्याल र पाण्डवखानी महिला जागरण केन्द्रलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो