Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोट-६, भुवाचिदीमा सञ्चालित व्यवसायहरुको अनुगमन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रकाश घिमिरे, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका वडा नं-६ कुर्घा स्थित भुवाचिदी बजारमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय गुल्मीको सहजीकरणमा बजार क्षेत्रका खाद्यान्न, तरकारी, फेन्सी तथा सुनचाँदी लगायतका पसलको अनुगमन गरिएको हो।

बजारक्षेत्रका झण्डै २५ वटा पसलमा गरिएको अनुगमनका क्रममा केही पसलहरुका म्याद गुज्रेका सामाग्री भेटिएका छन् । त्यस्तै कतिपय व्यवसाय दर्ता बिना सञ्चालन रहेको, मूल्यसूची नराख्ने गरेको, दर्ता भन्दा फरक कारोबार गर्ने गरेको लगायतका समस्याहरु भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका त्रिविक्रम ज्ञवालीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

अनुगमनमा पहिलो पटक भएकाले सुझाव र सल्लाह दिएपनि आगामी दिनमा पुनः सोही कमजोरी भेटिए कारबाही स्वरुप जरिवाना लिईने उहाँले बताउनुभयो।

अनुगमनका क्रममा झण्डै १५ हजार बराबरको अखाद्य वस्तु जफत गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले विभिन्न समयमा जिल्लामा सञ्चालित व्यवसायहरुको नियमित रुपमा अनुगमन गर्दै आईरहेको छ।

अनुगमनमा संयोजक एवम् घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका जीवन घिमिरे, क्रिविक्रम ज्ञवाली, जिल्ला प्रशाशन कार्यालय गुल्मीका प्रेमराज खनाल, प्रेम पन्थी, वडा नं ६ का वडासचिव तिलक रास्कोटी, पशु प्राविधिक टेकराज भण्डारी, पत्रकार प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो