Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा दुई बालिकालाई यौन दुराचारको आरोपमा एक पक्राउ



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा दुई वटी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यहाँको प्रहरीले एक जना पुरुषलाई पक्राउ गरी अदालतमा मुद्दा चलाएको छ।

बाग्लुङको बरेङ गाँउपालिका-१ घर भई हाल गुल्मीको कालिगण्डकी गाँउपालिका बस्ने जाहेरवाली परिवर्तित नाम ४६ कालिगण्डकी (३) र अर्का जाहेरवाली परिवर्तित नाम ४६ कालिगण्डकी (१) को जाहेरी परेपछि पर्वतको बिहादी गाँउपालिका-६ घर भई हाल जिल्ला गुल्मी कालिगण्डकी गाँऊपालिका वडा नं.६ बस्ने खिम प्रसाद भट्टराईलाई मङ्सिर २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निज विरुद्ध करणी सम्बन्धी कसुर (बालयौन दुरुपयोग) मुद्दा अनुसन्धानको सिलसिलामा २६ गते सम्मानित गुल्मी जिल्ला अदालतको आदेशले पहिलो पटक दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →