Awareness

Musikot Mahotsav

गुल्मीमा चितुवाको आक्रमणबाट बाख्रा मरे



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गएराति गुल्मीको दौघामा चितुवाको आक्रमणबाट एक परिवारका एउटा बाख्रा मरेको छ भने तीनवटा बेपत्ता भएका छन। छत्रकोट गाउँपालिका-६ मा पर्ने दौघाका लक्ष्मण ज्ञवालीको घरमा बाख्राको खोरमा चितुवा पसी एउटा बाख्रा मारेको तीनवटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Snow
Forest
Ad.

सूचना प्राप्त भएपछि अहिले बिहान ७ बजे प्रहरी चौकी खर्ज्याङ्गबाट प्रहरी टोली खटी गएको, १ वटा बाख्रा मरेको अवस्थामा खोर बाहिर नै रहेको र ३ वटा फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

बाख्रा कराएको आवाज बाख्रा धनीले सुनेको तर डराएर नउठेको बताईएको छ। उक्त स्थान प्रहरी चौकीबाट अन्दाजी ११ कि.मि. दक्षिणमा रहेको जनाईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →