Place for ads

Awareness

पश्चिम बागलुङवासीलाई उत्तरगंगा आयोजनाको आशा



ओझेलका खबर संवाददाता
५ महिना अगाडि


Place for ads

बागलुङ: दिनको १ बज्नै लागेको थियो। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशहुँदै गण्डकी प्रदेश प्रबेश गर्दै थिए‌‍‌।‌ ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दुःख, आजको अपस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो।

पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रामा हिँडेका ओलीलाई निसीखोलाबासीले खुलेर स्वागत गरे । गाउँपालिकाको विकास निर्माणको बिषयमा ध्यानाकर्षण गराए । उनीहरुको पहिलो प्रश्न सहितको माग थियो ‘उत्तरगंगा जलाशययुक्त आयोजना रोकिनुको कारण के हो ? छिटो बन्नुपर्यो, यो हाम्रो समृद्धिको आधार हो ।’

Get Vaccinated

लोकमार्ग निर्माण हुनुपूर्व निसीखोलाबासी तीन दिन पैदल हिंडेर सदरमुकाम बागलुङ बजार आउनु पथ्र्यो । सडक सञ्जाल नहुँदा जिल्लाकै दुर्गम निसी–भलकोटबाट प्रशासनिकदेखि धेरै कामको लागि तीन दिनको पैदल यात्रा गरेर बागलुङ बजार आउने सर्वसाधारणको दैनिकी लोकमार्ग बनेपछि फेरीएको हो । ‘मध्यपहाडी नआएको भएसडक देख्न नौलो हुन्थ्यो’ नीसिखोला–४ झिवाखोलाका मिलन हमालले भने ‘हाम्रा लागि लोकमार्ग लाइफलाईन हो ।’

लोकमार्ग बनेपछि भने पश्चिम बागलुङका निसी–भलकोट क्षेत्र सुगम बन्दै छ । कालोपत्रे सडक लोकमार्गलाई आधार बनाएर सयौं पहुँचमार्ग तयार भएका छन् । निसीखोला गाउँपालिकाको मुख्य सडक खण्डनै मध्यपहाडी लोकमार्ग हो । जिल्ला सदरमुकाम र पूर्वी रुकुमसँग सिधा सडक सञ्जालमा जोडिएपछि दुर्गमको परिचय नै बद्लिएको हो ।

‘लोकमार्गले हामीलाई सुगम बनायो, अब हाम्रो समृद्धिको अर्को आयाम उत्तरगंगा हो’ स्थानीय जुनबिक्रम शाही भन्छन् ‘यहाँका धेरै विकासका बाटा ठुला आयोजनाले खुल्छन् ।’ पूर्ववडा अध्यक्ष समेत रहेका शाहीले कालोपत्रे सडक कारण निसीका जनतालाई जिल्ला, प्रदेश र संघीय राजधानीसँग जोड्ने माध्यम बनेको बताए । उनले पहिले प्रशासनिक र पुस्तक खरिद गर्न सदरमुकाम जानुपर्ने बाध्यता लोकमार्गले सहज भएको बताए ।

बागलुङको पश्चिम भेगको लागि अहिले प्रशासनिक (नागरिकता, पासपोर्ट) र मालपोतको लागि ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाटै सेवा प्रवाह हुँदै आएको छ । बैंक, नागरिकता र मालपोतको कामको लागि निसीबाट पैदल १ दिनमा पुगिने बुर्तिबाङ अहिले लोकमार्गको कारण यातायातमा १५ मिनेटमा पुग्न सकिने स्थानीय बताउँछन् ।

Awareness by SKF

सडक सजालकै कारण निसीमा बजारीकरण विस्तार हुँदै गएको छ । सडक बनेपछि निसीमा सञ्चार सेवा पनि विस्तार भएको छ । लोकमार्गले गाउँलाई सुगम बनाउँदा बजारीकरण बढ्दै गएको शाही बताउँछन् । ‘लोकमार्गको छेउमा बजारहरु बनेका छन्,’ शाहीले भने, ‘पहिले पाखो रहेका स्थानमा अहिले बजार विस्तार भएपछि खाद्यान्न, लत्ताकपडा खरिदको लागि बुर्तिबाङ र बागलुङ बजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

बागलुङमा लोकमार्गको १४१ किलोमिटर खण्ड पर्छ । त्यो मध्ये काठेखोला गाउँपालिकाको अक्षेतेदेखि घोडाबाँधे खण्डको १४ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ ।

लोकमार्गले बागलुङका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई जोडेको छ । लोकमार्ग सदरमुकामदेखि निसीको पातिहाल्ने (रुकुमको सिमाना)सम्म जोडिएको छ । बुर्तिवाङ बजारलाई नेपाल सरकारले मध्यपहाडी लोकमार्ग पर्ने दश वटा नमुना शहरको रुपमा विकास गर्न थालेको छ । नमुना शहरको रुपमा बुर्तिबाङ बजारमा ढल, सडक, बसपार्कहरुको काम भइरहेको छ ।

जिल्लाका अन्य स्थानीय तह पनि लोकमार्ग पहुँचबाट धेरै टाढा छैनन् । लोकमार्गले नछोएको स्थानीय तहमा कालीगण्डकी करिडोर विस्तार भएको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिकाले नजिकको स्थानबाट लोकमार्गसम्म पहुँच मार्ग विस्तार गरेका छन् ।

COVID-19

बागलुङ बजारको उपल्लचौरदेखि सुरु भएको लोकमार्गले निसीको पातिहाल्नेसम्म पुग्दा काठेखोलाको अक्षते, बिहुँ रिजालचोक, घाँडाबाँधे, गलकोटको हटिया, बडिगाडको खर्वाङ, खौरा, खारा, न्वारा, भिमगिठे, हाँडिखोला, रिघाफेदी, ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको देविस्थान, ढुँवाखोर, झिँवाखोला, जुग्जाखोला, कानाबगर, बडावनखोला, निसी, भल्कोट क्षेत्रमा बजारीकरण विस्तार भएको छ ।

पुर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडी झुलाघाटसम्म जोड्ने लोकमार्गको सबैभन्दा धेरै खण्ड बागलुङमा पर्छ । २४ वटा जिल्ला र २२५ वटा बस्ती जोड्ने लोकमार्गको एक हजार सात सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी १ सय ४१ किलोमिटर खण्ड बागलुङमा पर्छ । ट्रयाक खोलिएको २४ वर्ष पुरा भइसक्दा लोकमार्गको १ सय २८ किलोमिटर कालोपत्रे भएको छ भने १४ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

पश्चिम बागलुङको भुगोलले दुर्गम भन्ने परिचय बदलेको लोकमार्ग जस्तै नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्ने भनिएको ८ सय २६ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजनाको आशामा पश्चिमवासी छन्।

‘उत्तरगंगा तयार हुँदा जिल्लाकै विकासको अवस्था माथी पुग्छ, रोजगारी, अवसर, उत्पादन धेरै बिषयहरुमा यसको प्रभाव रहन्छ’ गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य इन्द्रलाल सापकोटाले भने ‘उत्तरगंगामा देखिएको प्राबिधिक समस्या सरकारले सुल्झाउनु पर्छ, सके पूर्ण नभए क्षमता घटाएरै भएपनि आयोजना सञ्चालन हुनुपर्छ ।’ ढोरपाटन शिकार आरक्ष क्षेत्रमा जलाशय तयार गरेर निसीखोलामा पानी निकाल्दा कालिगण्डकी जलबिद्युत आयोजनालाई समेत सहयोग पुग्ने उनले बताए। -ढोरपाटन न्यूज 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो