Place for ads

Awareness

फोर्टिन स्टार कप-२०८०: रेसुंगामा पत्रकार सम्मेलन, चिदिचौरमा खेल



टोपलाल अर्याल
५ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको फोर्टिन स्टार युवा क्लबले १३ औँ वार्षिकोत्सवको अवसरमा चौथो फोर्टिन स्टार कप-२०८०’ फुटबल प्रतियोगिता आयोजना गरेको छ। रेसुंगामा पत्रकार सम्मेलन, चिदिचौरमा खेल। जिल्लामा खेलकुद क्षेत्रको विकासमा क्लबको महत्वपूर्ण योगदान रहेको छ। क्रिकेट खेलमा अब्बल १४ युवाहरुबाट स्थापना भएको क्लवले खेलसंगै सामाजिक काम समेत गर्दै आएको छप।

अहिले भर्खरै रेसुंगा यज्ञशालामा आयोजना गरिएको पत्रकार सम्मेलनको समेत क्लवले तारिफ पाएको छप। पत्रकार सम्मेलन तम्घासका होटल, सभाहल र रिर्सोटहरुमा हुँदै आएका छन् । तर, क्लवले रेसुंगा क्षेत्रको प्रचार गर्ने उद्देश्यले खेलको बारेमा यज्ञशालामा पत्रकार सम्मेलन गरेको थियो । प्रतियोगीताको मुख्य प्रायोजन रेसुंगा नगरपालिकाले गरेको छ ।

Get Vaccinated

नगरको ‘जाऔँ हिडौ रेसुंगा’ अभियानलाई प्रर्वद्धन गर्न आफुहरुको सम्मेलनले टेवा पुगेको क्लबले जनाएको छ । आगामी ७ पुसदेखि १० गतेसम्म जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगिता गर्दैछ । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लवले छात्र र पुल्चोक स्र्पोट क्लवले छात्रा फुटवल प्रतियोगीता गर्दै आएका छन् । शहरका बिद्यालयहरुमा मात्रै केन्द्रित फुटवल खेलको मोह गाउँसम्म बिस्तार गर्न क्लवहरुले लामो समयदेखि फुलबल प्रतियोगीताको आयोजना गरिरहेका छन् ।

गत १० असोजदेखि १३ गतेसम्म पुल्चोक स्र्पोट क्लवले जिल्लामा माविकहरुबिच छात्रा फुटवल आयोजना गरेको थियो । जसमा रिर्डस पब्लिक हाइस्कुलले उपाधी हात पारेको थियो । अहिले फोर्टिन स्टार युवा क्लवले ३५ हजार राशीको छात्र फुलवल प्रतियोगीता आयोजना गरेपछि सदरमुकामदेखि गाउँसम्मका बिद्यालयका फुटवल खेलको उर्जा बढ्ेको छ ।

सामाजिक क्षेत्रमा रचनात्मक कामहरु समेत गर्दै आएको फोर्टिन स्टार युवा क्लवले ‘जाउँ हिडौ रेसुंगा’ अभियानलाई समेत प्राथमिकतामा राखेर धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेको फोर्टिन स्टार युवा क्लवका अध्यक्ष बिक्रमसिहं बुढाथोकीले जानकारी दिए । व्यावस्थापनको हिसाबले तम्घासमा फुटवल आयोजना गरेपनि सहभागीताको लागि जिल्लाको सवै बिद्यालयमा पत्राचार भएकाले राम्रो प्लेट फर्मको उपयोग गर्न बिद्यालय र बिद्यार्थीलाई आग्रह गरे ।

चौथो फोर्टिन स्टार कप–२०८०’ मा बिजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा चौथो फोर्टिन स्टार कप–२०८०’ को ट्रफी समेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थी खेलाडीहरुले अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको मार्कसिटको प्रतिलिपी उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रुपमा पोशाकमा उपस्थित हुनुपर्ने लगायतका नियम पनि आयोजकले सार्वजनिक गरेको छ ।

Awareness by SKF

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत गरिने क्लवका महासचिव आचार्यले बताए । क्लवहरुसंग आर्थिक श्रोत केहि छैन् । उनीहरुले हरेक प्रतियोगीता चन्दाको भरमा गर्ने गरेका छन् । असोजदेखि आजसम्म महत्वपूर्ण दुई खेलकुद प्रतियोगीता भए । पुलचोक कप र जिल्ला स्तरिय भलिवल प्रतियोगीता । अब केहि समयमा फोर्टिन स्टार कप हुँदै छ ।

यी तीन खेल ७० प्रतिशत खर्च चन्दा संकलन भएको क्लवहरुले जनाए । ‘रेसुंगा नगरसंग मुख्य प्रायोजन मागेका छौ । त्यो बाहेक सवै व्यावस्थापन चन्दाकै भरमा गरिरहेका छौ,’महासचिव आचार्यले भने,‘सहयोगी खेलप्रेमीहरुको सहयोगले क्लव र खेलको साख जोगाएका छौ ।’

जिल्लामा पछिल्लो समय खेलकुद प्रतियोगीताहरु धेरै हुँदै आएका छन् । राज्यबाट खेल क्षेत्रमा उल्लेखनीय सहयोग नभएपनि विभिन्न क्लव, समुह र संघसंस्थाले चन्दाको भरमा प्रतियोगीताहरु गर्ने गरिरहेका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले आफुहरुले बर्षमा एक पटक राष्ट्रपति रनिङशिल्ड खेलाएर त्यतिकै बस्नुपर्ने अवस्थाको उजागर गर्दै चन्दाको भरमा खेलकुलको उर्जा बचाईराख्ने क्वलहरुलाई धन्यवाद दिए । ‘सरकारको संयन्त्र मार्फत वडासम्म पुग्ने बजेट अनुपयुक्त क्षेत्रमा खर्च भएका छन् । तर, बर्षौदेखि खेलक्षेत्रमा लागेका क्लव तथा संघसंस्थाले प्रतियोगीताको लागि चन्दा उठाउनुपर्छ,’उनले भने,‘देशमा सिस्टम फेल भएपछि यो अर्कमण्डयता रहने रहेछ ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →