Salime Malika Krishi Farm

Awareness Campaign

नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियानले कार्यकर्तामा थप उर्जा पैदा भएको छ: सचिव थापा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः नेकपा माओवादी केन्द्र गुल्मीले सञ्चालन गरेको अभियानले कार्यकर्ताहरुमा थप उर्जा पैदा भएको जनाएको छ।

‘जनजनमा माओवादी घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ले जनतामा थप उर्जाका साथ जोश र जाँगर पैदा भएको जिल्ला सचिव अशोक थापाले जानकारी दिए।

२०६४ सालपछि माओवादीमा जोडिएका असल कार्यकर्ताहरुका लागि पार्टीको नीति, सिद्धान्त र कार्यकर्तामा नयाँ शक्ति सञ्चार पैदा गरेको छ भने पुराना पूर्णकालिन कार्यकर्ताका लागि थप आत्म विश्वासका साथै पुर्नताजगी पैदा भएको थापाले बताए।

सिंचाई
Forest
Ad.

दर्शनशास्त्र, अर्थशास्त्र, संघीयता, पार्टी र सत्ता, संगठन, पार्टीको वर्तमान नीति तथा कार्यक्रम‌, नेपाल सहित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास सहितका विषयमा क्रमशः नेकपा माओवादीका केन्द्रिय सचिव हितमान शाक्य, स्थायी समिति सदस्य जोखबहादुर महरा, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, पोलिटब्युरो सदस्य जगप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु कमल चुँदाली, भविस्वर तिवारी, निमाकान्त डाँगीले स्कुलिङ दिएका थिए।

यस्तै अभियानमा लुम्बिनी प्रदेश सह सचिव पार्वती बिक, जिल्ला संयोजक युवराज केशी, सचिव अशोक थापा, प्रदेश सदस्य ज्ञानकुमार बुढा, प्रदेश परिषद सदस्यहरु, रामचन्द्र कंडेल, पदम पाण्डे लगायतकाले स्कुलिङ दिएका थिए।

गुल्मी जिल्लाका पालिकाहरु धुर्कोट, मालिका, मदाने रेसुंगा, मुसिकोट, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी, चन्द्रकोट र सत्यवतीमा अभियानात्मक रुपले संचालन गरी सम्पन्न भएको थापाले बताए।

पार्टीले रचनात्मक कार्य गर्ने
मंसिर २५ देखि पुस २० गतेसम्म पार्टी सदस्यता नविकरण सम्पन्न गर्ने, निष्कृय वार्ड कमिटीहरुको भेला, पुर्नगठन, सेल कमिटीहरु गठन गर्नुका साथै पुस ५ देखि स्थानीय कमिटी सहित जनपरिचालन गरी रचनात्मक सामाजिक कार्यहरु जिल्लाका १२ वटै स्थानीय तहमा गर्ने गरी कार्यतालिका बनाएको पार्टीले जनाएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो