Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी लिल बहादुर थापाद्वारा मुसिकोटका एक परिवारलाई सहयोग प्रदान



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिकाका एक विपन्न परिवारलाई सहयोग प्रदान गर्नुभएको छ।

मुसिकोट नगरपालिका वडा नं. ३ तोलादीकी स्व. रेमकली कुमाल परिवारलाई थापाले ३७ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गर्नुभएको हो। जिटिभि नेपालबाट उहाँको अवस्थाका बारेमा भिडियो सामाग्री प्रशारण भएपश्चात थापाले उक्त सहयोग रकम पठाउनुभएको हो।

उक्त सहयोग रकम जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले स्व. कुमालको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । स्व. कुमाल घाँस काट्न जाने क्रममा भिरबाट लडेर गम्भीर घाईते हुनुभई विस्तारामै थलिनुभएको थियो । उपचारमा आर्थिक अभाव भएपछि उहाँले उपचार अभावमा लामो समय घरमै बिताउनुभयो । उक्त कुराको जानकारी पाएपश्चात जिटिभिले उहाँको अवस्थाको बारेमा भिडियो सामाग्री प्रशारण गरेको थियो ।

सिंचाई
Forest
Ad.

उहाँको उपचारको लागि भनेर बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँ घर भई हाल संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी लिल बहादुर थापाले नगद रु. ३७,००० रुपैयाँ पठाउनुभएको थियो । तर उहाँको निधन भएपछि थापाले पठाउनुभएको उक्त रकम सहितको खाद्यान्न सामाग्री किरिया खर्च बापत सहयोग गरिएको हो ।

उहाँको उपचारलागि भने सहयोग रकम पठाएपनि उपचार सम्भव नभएपनि उक्त रकम किरिया खर्च बापत हस्तान्तरण गरिएको जिटिभि नेपालका अध्यक्ष नेपालीले बताउनुभयो । समाजसेवी लिल बहादुर थापाले आफुले कुमालको अवस्थाको बारेमा थाहा पाएपश्चात तत्कालै उपचारका लागि रकम पठाएपनि उहाँको निधन भएको खबर पाएपश्चात उक्त सहयोग रकम र सामाग्री किरिया खर्च बापत हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

समाजसेवी थापाले यस अगाडी पनि मुसिकोटका विभिन्न विपन्न एवम् आर्थिक रुपमा असहाय एवम् अशक्तहरुलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो