माधव ज्ञवाली, गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा एक बालिकामाथि यौनजन्य हिंसा भएको छ। गत शनिबार वडा नम्बर २ मा अवस्थित भरेक आधारभुत विद्यालयमा अध्यनरत १४ बर्षिया बालिका माथि सामूहिक रुपमा यौनजन्य हिंसा भएको खुलेको हो।
पिडित बालिकाको परिवारका सदस्यका अनुसार पीडित बालिका शनिबार बाटोमा एक्लै हिँडिरहेको अवस्थामा ४/५ जनाको समूहमा आएका युवाहरुले ती बालिकालाई नजिकैको जंगलमा लगेर यौनजन्य हिंसा गरेको आरोप लगाएका छन।
बालिका माथि भएको यौन दुर्व्यवहार बलात्कार हो या होईन यसबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। वडा नम्बर २ का वडा अध्यक्ष घनश्याम अर्यालका अनुसार आइतबारदेखि नै प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको र त्यसको रिपोर्ट छिट्टै आउन सक्ने आश्वासन प्रहरीबाट आएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय रिडीले अनुसन्धान गरिरहेको वडा अध्यक्ष अर्यालले बताउनुभयो। -श्रृंगेश्वर एफएम
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







