Awareness Campaign

मनकारी थापाले दिए जन्मभूमीको शैक्षिक विकासका लागि ५ लाख बढी सहयोग



कौरव खत्री
१ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङको गलकोट नगरपालिका-१० स्थित पाण्डवखानी माध्यमिक विद्यालयको लागि समाजसेवी खड्कराज थापाले पाँच लाख बढी आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

हिरक जयन्ती महोत्सवको अवसरमा उक्त वडा स्थायी बसोबास भई हाल बेलायतलाई कर्मथलो बनाउदै आउनुभएका पाण्डवखानी समाज यूकेका अध्यक्ष एवम् हीरक जयन्ती महोत्सवका सह-संयोजक तथा पाण्डवखानी माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समेत रहनुभएका समाजसेवी एवम् शिक्षाप्रेमी थापाले ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले जानकारी दिनुभयो।

लामो समयदेखि बेलायतमा रहँदै आउनुभएका थापा शिक्षा, संस्कृति र सामाजिक रुपान्तरणमा गहिरो अभिरुचि राख्नुहुन्छ। बेलायतमा रहेका बाग्लुङबासीहरूलाई एकताबद्ध बनाएर जन्मभूमिको सेवा र विकासको निम्ति निरन्तर सक्रिय थापा पाण्डवखानीकै रमुवा निम्न माध्यमिक विद्यालयका भूतपूर्व स्थायी शिक्षक समेत हुनुहुन्छ।

Forest
Forest
Ad.

साथै थापाकै भाई हाल हङकङमा रहनुहुने मन बहादुर बुढाले पनि विद्यालयलाई २ लाख सहयोग प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । भने अन्य पारिवारिक सहयोग समेत जुट्ने क्रममा रहेको विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।

विद्यालय स्थापना भएको ६२ ओैँ वार्षिकोत्सव तथा हीरक जयन्ती महोत्सवको अवसरमा “समय सापेक्ष गुणस्तरीय शिक्षा; सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा”भन्ने मुल नारा सहित आयोजित वार्षिकोत्सव तथा हिरक जयन्तीको अवसर पारेर विद्यालयले आर्थिक संकलन अभियान थालेको छ । महोत्सव यहि मंसिर २९ देखि पौष ३ गतेसम्म चल्नेछ ।

हालसम्म विद्यालयको उक्त अभियानमा झण्डै डेढ करोड आर्थिक दान सहयोग जुटेको विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो । साथै सहयोगदाता खडकराज थापालाई विद्यालय परिवारले हार्दिक आभार सहित धन्यवाद दिएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा प्राविधिक धारसहितको उच्च शिक्षाको जग बसाल्ने मुख्य लक्ष्यका साथ हीरक जयन्ती महोत्सव मनाउन गइरहेको प्रधानाध्यापक सुनारको भनाई छ ।

हीरक जयन्ती महोत्सवको अवसरमा हिज्जे प्रतियोगीता, गणित दौड, हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, पूर्व विद्यार्थीवीच मैत्रीपूणर् भलिवल एवम् व्याडमिन्टन प्रतियोगिता, विशिष्ट राष्ट्रिय व्यक्तित्वबाट बृहत शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम, दानवीर सम्मान, विशिष्ट सामाजिक प्रतिष्ठा र ख्याती प्राप्त पूर्व विद्यार्थी सम्मान, भवनदाता सम्मान, छात्रवृत्तिदाता र अक्षयकोषदाता सम्मान, अमूल्य योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान लगायत राष्ट्रिय कलाकार तथा स्थानीय घाटु, सोरठी, यानीमाया, ठाडो भाका सहित विद्यार्थीहरूका साँस्कृतिक प्रस्तुती रहने विद्यालयले जनाएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो