गुल्मी: आर्थिक अभावका कारण उपचार गर्न लगिएकी गुल्मीकी एक बालिका अस्पतालबाट उनका अभिभावक फर्काउन विवश भएका छन।
जिल्लाको गुल्मीदरबार गाउँपालिका-१, बलिथुम स्थित खिम बहादुर कुमालकी १८ महिनाकी छोरी मनिकला कुमाललाई यस्तो अवस्था आएको हो।
‘हिजो छारे रोगले पिडित ति बालिकालाई गाउँमा २० हजार रुपैयाँ खोजेर पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाएका हौँ। त्यो पैसा हिजै सकियो रे।’, स्थानीय समाजसेवी शिव गौतमले भने, ‘उपचार खर्च अभावका कारण बालिकालाई फर्काउनु पर्ने अवस्था आएकोले सबै सङ्ग सहयोगका लागि अपिल गर्दछौँ ।
बाबु खिम बहादुर सङ्ग बुझ्दा हिजो नै १९ हजार रुपैयाँ सकिएको र अहिले आफू संग जम्मा एक हजार मात्रै बाँकी रहेकोले बिरामी छोरी फर्काउन पर्ने अवस्था आएको बताए। ‘पचास हजार धरौटी मागेका छन। मेरो केहि उपाय छैन।’ उनले भने, ‘सबै संग सहयोगको लागि अनुरोध गर्दछु।’
यस सम्बन्धमा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको ध्यानाकृष्ट गराउदा डकुमेन्ट मेल गरेर पठाए पालिकाले नियमानुसार सहयोग गर्ने बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |