Awareness

Musikot Mahotsav

गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० बर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ।

Snow
Forest
Ad.

जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर गत बिहीवार महाराष्ट्रको उल्लास नगर स्थित रेलको लिकमा बेहोस अबस्थामा भेटिएका थिए । उनको हिजो मृत्यु भएको जानकारी आएको त्यस वडाध्यक्ष त्यस वडाध्यक्ष धन बहादुर पुनले जानकारी दिएका हुन।

त्यस दिन उनि रेल्को लिकमा दुर्घटनामा परेको जानकारीमा आए पछि प्रवासि नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति शभापयि शंकर बिक , प्रबक्ता खबत बिश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुराएका थिए ।

घटनास्थल देखि अस्पताल सम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालिका- ३ धरमपानीका बिष्णु गौतमले उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जानकारी दिएका छ्न।

सभापति रोकायले खोजतलास गर्दै जादा साढे दुई घण्टा पछि महाराष्ट्र मै रहेका घाइतेका बाबु यमबहादुरलाई सम्पर्कमा ल्याएको गौतमले बताए । घाइतेका छिमेकी पराल्मिका सुशील सुर्यबन्शिका अनुसार एक बर्ष अघि उनिहरु बाबु छोरा भारतको रोजगारीमा गएका थिए । गाउँमा गणेश भनेर चिनिने चित्रबहादुर पुना भन्ने ठाउँमा रेलमा जादै थिए । उनि रेल बाट आफै खसे वा खसाईयो ? भन्ने बारे आफन्जन स्पष्ट हुन सकेका छैन्न । उनिहरुले छानवीनका लागि प्रवासि नेपाली संघ सस्थाहरु संघ आग्रह गरेका छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →