Awareness

कर्मचारी मिलन केन्द्रले प्रकाशन गर्यो डायरी 



प्रेम सुनार
८ महिना अगाडि


Place for ads

गुल्मी: कर्मचारी मिलन केन्द्र गुल्मीले निकै उपयोगी र ज्ञानबर्धक डायरी प्रकाशनमा ल्याएको छ । मिलन केन्द्र डायरीको सोमबार एक समारोहका बिच जिल्ला न्यायधिश तथा मिलन केन्द्रका प्रमु्ख संरक्षक बसन्तराज पौड्याल र प्रम्ुख जिल्ला अधिकारी तथा मिलन केन्द्रका संरक्षक टेकबहादु्र केसीले विमोचन गरेका छ्न ।

घरेलु तथा साना उद्योग विकास कार्यालय प्रमु्ख सुरेन्द्र भण्डारीको संयोजकत्वमा ५ सदस्यी प्रकाशन समितिले प्रकाशन गरेको डायरीमा कर्मचारी मिलन केन्द्र र गुल्मी जिल्लाको परिचय , जनसख्या , घरधुरी, स्वाथ्य र शिक्षको अवस्था , स्थानिय सरकार देखि प्रदेश र संघ सम्मका जनप्रतिनिधी र सम्पुर्ण सरकारी कार्यालय , एम्बुलेन्स सेवाका लागि फोन नम्वर उपलब्ध गराईएको छ । त्यस्तै जिल्लाका प्रशिद्ध धार्मिक र पर्यटकिय क्षेत्रहरुको तस्वीर सहित चिनारी गराईएको छ ।

कर्मचारी मिलन केन्द्रको यस्तो सिर्जनशिल कार्य प्रति जलश्रोत तथा सिचाई डिभिजन कार्यालय प्रमुख भरतराज सापकोटाले सह्राना गरेका थिए ।

त्यस्तै मिलन केन्द्रका संरक्षकद्धयद्धयः जिल्ला न्याधिश पौड्याल र प्रमुख जिल्ला अधिकारी केसीले कर्मचारी मिलन केन्द्रले निकै रचनात्मक काम गर्दै आएको र यसपाली सबैका लागि अति उपयोगि र ज्ञानबद्र्धक डायरी प्रकाशनमा ल्याएको प्रति धन्यवाद दिएका थिए ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले १२ वटा डायरी प्रकाशनमा ल्याईएको र नयाँ आउने कर्मचारीलाई १५ सयमा वितरण गरिने र जिल्लाका १२ वटै पालिकामा पनि पठाईने जानकारी दिए ।

कर्मचारी मिलन केन्द्र गुल्मीले आफ्नै भवन निर्माण गरेको छ । कर्मचारी हक हित र उनिहरुको बृद्धि विकासमा मात्र नभई जनतालाई परेको विभिन्न बिपदको बेला उद्धार जुटनुका साथै अन्य सामाजिक उत्तरदायित्व निभाउने कार्यमा पनि उल्लेखिनय भुमिका निभाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →