Hi-Speed Computer

Awareness Campaign

दलितलाई मुक्ति दिलाउने माओवादी मात्रै हो: माओवादी नेता बराल 



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेकपा  माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले  दलितहरुलाई मुक्ति दिलाउन लड्दै आएको पार्टि भनेको माओवादी मात्रै भएको दावि गरेका छ्न।  प्रदेश सरकारका   पुर्व  मन्त्री समेत  रहेका नेता  बरालले  सो पार्टि   निकट  नेपाल  दलित  मुक्ति मोर्चा  बिशेष  गुल्मी  जिल्ला  भेलालाई    सोमबार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै  यस्तो  दावी गरेका हुन ।

विगतमा कृष्ण विकासको रिणले चुर्लुम्म डुबेर उठिबास बढि मात्रमा को थिए ? दलित समुदाय नै । त्यो रिण मिनाहा कसले गराई दियो ? माओवादीले । दलितहरूलाई साठि बर्ष उमेर पुग्न साथ वृद्ध भता दिने कसले बनायो ? माओवादी सरकारले नै । स्थानीय सरकार देखि प्रदेश र संघ सम्म दलित समुदायलाई जनप्रतिनिधि अनिवार्य सहभागी गराउनु पर्ने एजेन्डा स्थापिय गर्यो कसले ? माओवादीले । सरकारी नियुक्तिमा दलितलाई आरक्षणको व्यवस्था पनि हाम्रै पार्टिले गरेको हो – नेता बरालले भने ।

उनले माओवादी बाहेक दलितको मुक्ति अरु पार्टि बाट सम्भव नै नभएको जिकिर गरे ।

Forest
Forest
Ad.

ज्ञानेन्द्र  शाहि  ,  दुर्गा  प्रसाई  राजेन्द्र लिङ्ग्देलहरु दलितहरुलाई दमन शोषणमा राख्ने , दलितलाई पशुतुल्य व्यबहार गर्ने सामान्ति   राज संस्था फर्काएर दलितलाई पहिलाको जस्तै अबस्थामा पुराउने कुचेष्टा गरिरहेको भन्दै यिनिहरु विरुद्ध आम दलितलाई संगठित गर्दै प्रतिवादमा उत्रिन नेता बरालल्र दलित मुक्ति मोर्चालाई निर्देशन दिए ।

राणा  शासन र  राजतन्त्रकालमा  दलितहरुलाई कानुन बनाएरै  चरम  जातिय  बिभेद ,  दमन  शोषण ,  अन्याय  अत्याचार गरिएको  थियो  ।  राज्य  संयन्त्रमा   छिर्न  नदिने  गरिएको  थियो  ।  त्यस   विरुद्ध माओवादीले  सशक्त जनयुद्ध गर्यो  ,  सामान्ति  राजतन्त्र ढलाईयो  र  दलित  समुदायलाई  राज्यका  हरेक  तहमा  पुर्याईयो  नेता  बरालले  थपे दलित  समुदायको मुक्ति माओवादी पार्टि  बाहेक  अरु  कसैले  गर्नै  सक्दैन  ।

उनले   दलित  समुदायका  नेताहरु  समानुपातिक सासद  बन्नका  लागि  वा  अन्य  अवसर  प्राप्तिका  लागि  मात्र  माओवादी पार्टिमा  नलाग्न  चेतावनी दिदै  दलित  समुदायको हक  हित  नै  सर्बोपरि  ठानेर  नेतृत्वदायिक  भुमिका खेल्न  सुझाव दिए ।

कार्यक्रममा  दलित मुक्ति मोर्चा  लुम्बिनी प्रदेश  कमिटी सचिब दुर्गा  बिक  अविरलले  माओवादी बाहेकले  दलित  समुदायको  मुक्ति दिलाउन  नस्क्ने  दावि  गरेका थिए ।

Awareness by SKF

विशेष जिल्ला  भेलामा  सो  पार्टिका  केन्द्रिय सदस्य  बिरबहादुर  कार्की   ,  जिल्ला  पार्टि  सचिव अशोक  थापा  ,  पुर्व  प्रदेश  सासद  माओवादी नेतृ  गिता  थापा  ,  सिता  बिश्वकर्मा   लगायतको  बिशेष आतिथ्यता  रहेको  थियो  ।  सोमबार माओवादी केन्द्र  गुल्मीले  सदरमुकाम तम्घासमै  रेसुङ्गा नगरपालिका  ,  मुसिकोट  नगरपालिका र  गुल्मीदरबार  गाउँपालिकाका  अगुवा कार्यकर्तालाई  बिशेष प्रशिक्षण दिएको  छ  ।   सहभागी कार्यकर्ताहरुलाई  केन्द्रिय सदस्य भबिश्वर  तिवारी ,  प्रदेश  अध्यक्ष अध्यक्ष सुदर्शन बराल  र  प्रदेश  कमिटी सचिब पार्वती बिक  सामनाले  प्रशिक्षण दिएका  थिए  ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →