Awareness

Get Vaccinated

साहित्यकार अथक कविरत्न पुरस्कारबाट सम्मानित



नारायण कोइराला
८ महिना अगाडि


Place for ads

पाल्पा: साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन। नवजागृति पुस्तकालय बुटवलद्वारा कविवर माधव प्रसाद देवकोटाको १२१ ओैँ जन्मजयन्तीको सन्दर्भमा आयोजित विशेष कार्यक्रममा साहित्यकार अथकलाई पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ र प्रमुख अतिथि अगुवा समाजसेवी लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष जीवन प्रसाद ओझाद्वारा सम्मान गरिएको हो।

‘गुरु माधव प्रसाद देवगुरूको चेलो म आज उहाँकै कार्यक्रममा प्रमुख अतिथि हुन पाउँदा गौरवान्वित छु। माधव गुरूको योगदानको चर्चा परिचर्चा हुनु जरूरी छ। यस्ता गतिविधिहरू भइनै रहनु पर्छ।’ प्रमुख अतिथि ओझाले भन्नुभयो। पुस्तकालयको आयव्यय सहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले हरेक महिनाको १५ गते कुनै न कुनै कार्यक्रम गर्दै आएको र अग्रज साहित्यकारहरूको सम्झनामा वर्तमान साहित्यकारहरूलाई पुरस्कृत गर्दै आएको बताउनु भयो।

कविरत्न माधव प्रसाद देवकोटा र सम्मानित व्यक्तित्व अथकको परिचय दिने कार्य साहित्यकार कृष्ण प्रसाद कोइरालाद्वारा गरिएको थियो। पुष्कर अथक रेग्मीले नेपाली साहित्यको चारवटै विधामा कलम चलाई २३ वटा कृति प्रकाशित गरिसकेका र विभिन्न साहित्यिक संस्थाको अध्यक्ष रहेर संस्थालाई अघि बढाइरहनुका साथै पाल्पा साहित्य समाज मार्फत माधव प्रसाद देवकोटालाई स्मरण गर्दै आएको भनी बताए।

सम्मानित व्यक्तित्व अथकले पश्चिमका चिराग कविरत्न माधव प्रसाद देवकोटाको नाममा स्थापित पुरस्कारद्वारा सम्मानित हुन पाउँदा अपूर्व खुशी लागेको र साहित्यको क्षेत्रमा अझ जिम्मेवारी बढेको भनी बनाउनु भयो।

कार्यक्रममा गणेश प्रसाद आचार्य, चुडामणि पौड्याल, वेनबहादुर पौडेल, चन्द्रमान श्रेष्ठ , ध्रुवराज काफ्ले, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, बुटवल उपमहानगरपालिकाका पूर्व मेयर पुनाराम पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। सचिव उर्मिला श्रेष्ठद्वारा संचालित कार्यक्रममा आजीवन सदस्यहरूलाई सम्मान पत्र प्रदान गरिएको थियोे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो