Hi-Speed Computer

Awareness Campaign

रुपन्देहीको ढुण्डी थरुनी भलिबल कपमा गुल्मी सेमिफाइनलमा प्रवेश



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: रुपन्देहीको दुधराक्ष युवाक्लको आयोजनामा जारी ढुण्डी थरुनी कप अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगितामा गुल्मी सेमीफाइनलमा प्रवेश गरेको छ।

गुल्मी र रुपन्देहीबिचको प्रतिस्प्रर्धामा गुल्मी सेमिफाइनलमा प्रवेश गरेको हो । गुल्मीले तीन र रुपन्देहीले २ सेट जितेको थियो । विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप-विजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष किरण पोख्रलेले जानकारी दिए ।

Forest
Forest
Ad.

प्रतियोगीतामा प्रतिस्प्रर्धाको लागि जिल्ला भलिवल संघ गुल्मीले चिरन खड्का,बिसन नेपाली, हेमन राना, सागर रसौली, राजन विक, लेसमन राहादी बविन थापा, सौरब सारु, बिशाल सुनार, रजन त्रामु, सुदिप सुनार र सौरभ फुंजेली सहभागी भएको जिल्ला भलिवल संघका महासचिव नारायण आचार्यले जानकारी दिए ।

त्यस्तै मुख्य प्रशिक्षकमा राजन कुँवर, सहायक प्रशिक्षक सन्तोष पुन तथा टिम व्यावस्थापकमा दिपेन्द्र श्रेष्ठ रहेको आचार्यले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो