Smoking Causes Cancer

एमाले अध्यक्ष केपी शर्मा ओली गुल्मीको वामीटक्सार आउँदै



सागर भण्डारी
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गुल्मीको वामीटक्सार आउनुहुनेभएको छ। यही मंसिर २० गते मुसिकोट नगरपालिका-७, वामीटक्सारमा आयोजित ऐतिहासिक जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली वामीटक्सार आउनुहुने भएको हो।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले ल्याएको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाझञ्ज्याङसम्मको मध्यपहाडी पुष्पलाल लोकमार्गमा चल्ने संकल्प यात्रा अन्तर्गत देशभर हुने ३ ठुला सभा मध्ये वामीमा वृहत सभा हुन लागेको र उक्त सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

अध्यक्ष ओली सहित झण्डै २०० केन्द्रिय नेता सहभागी हुने उक्त कार्यक्रमलाई भव्य बनाउनका लागि तैयारीका कामहरु तीब्र रुपमा अगाडी बढाईएको उहाँले बताउनुभयो । वामीटक्सार स्मार्टपार्कमा हुने उक्त कार्यक्रममा झण्डै १५ हजार पार्टीका समर्थकहरुको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ ।

सिंचाई
Forest
Ad.

एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्ये पहाडी (पुष्पलाल) लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा गर्ने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो