Awareness

Dhurkot

महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न



सुमित्रा कंडेल
१२ महिना अगाडि


Place for ads

पाल्पा: महिला हिंसा अन्त्यका लागि हिंसा विरुद्धको सचेतना कार्यक्रम तानसेन ८ को भालेबासमा सम्पन्न भएको छ।

Snow
Forest
Mountains

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको चौथो दिन तानसेन नगरपालिकाले आयोजना गरेको कार्यक्रम भालेबासमा गरेको हो।

लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ देखि सुरु भएको हो।

कार्यक्रमका प्रमुख अथिति प्रतीक्षा गाहा सिंजालिले मानिस शिक्षा र चेतनाको सभ्यतमा बिकास भए पनि पछिल्लो समय असभ्य र हिंस्रक बन्दैगएको अनुभूति भएको बताउनुभयो ।हिंसा अपरिचित ब्यक्तिबाट नहुने भन्दै हिंसा परिचित र नजिककैको ब्यक्तिबाट भइरहेको उहाँको भनाइ थियो । उहाँले समाज जति विकसित भैरहेको छ, तेत्ती नै महिला हिंसाको स्वरूपमा झन अमानवीय ब्यवहार बढ्दै गएकाले महिला सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जाेड दिनुभयो।

सहजकर्ता अधिवक्ता शान्ति बस्याल र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले सचेतना अभिमुखीकरण गराउँदै महिला अब सजग बनेर अगाडि बढ्नु र घरेलु होस वा अन्य कुनै पनि हिंसा सहेर बस्न नहुने बताउनुहुदै हिंसा कस्ता हुन्छन् ,हिंसा बाट कसरी बच्न सकिन्छ,हिंसा कसरी पहिचान गर्ने लगायतका विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा तानसेन ७ का वडा अध्यक्ष प्रदीप खनालले महिला ,बालबालिका र पुरुषलाई सचेत बनाउन यस्ता कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।आफ्नोतर्फबाट सक्दो सबैलाई सचेत बनाउन पछि नपर्ने बताउदै सचेत समाज निर्माण गर्न पहिले आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कार्यपालिका सदस्य सबिता भट्टराईले प्रायः जसो घरभित्र हुने हिंसा महिला बाट महिलामाथी हुँदै आएको बताउनुभयो ।

Awareness by SKF

यस्तो कार्यक्रम पालिकाको १,२,३,४,५,६ मा हिंसा विरुद्ध को पहिलो दिन नै सम्पन्न गरिसकेको छ भने आज ७,८,१० मा सम्पन्न भएको छ।यस्तो कार्यक्रम बाकी वडामा पनि छिट्टै सम्पन्न गर्ने पालिकाको महिला तथा बालबालिका शाखाका चिना न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा तानसेन ७,८ र १० को जनप्रतिनिधि, महिला सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो । सचेतना कार्यक्रम तानसेन ८ का वडाअध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →