Hi-Speed Computer

Awareness Campaign

कांग्रेस गुल्मीको आगामी योजना: युवा सम्मेलनदेखि अग्रजहरुको योगदानको स्मरण



अनिष पन्थी
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनबाट आगामी एक बर्षको कार्ययोजना तय गरिएको छ।

जिल्ला सम्मेलनको बन्द सत्रबाट महत्त्वपूर्ण योजना तय गरिएको हो ।

मङ्सिर ९ गते तम्घासस्थित चिदिचौर खेलमैदानमा खुला सत्रको कार्यक्रम र १० गते बन्द सत्रको कार्यक्रम सम्पन्न भएको हो । बन्द सत्रबाट पास भएका योजनालाई सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

Forest
Forest
Ad.

बन्द सत्रमा विगतको समिक्षा सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । पार्टीप्रती अग्रजहरुले दिएको योगदान स्मरण गर्ने र युवा सम्मेलन गर्ने कार्यक्रम अगाडि बढाइने नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

आगामी एक वर्षको योजना अनुरुप कांग्रेसलाई सांगठनिक बनाइने सभापति पन्थीले जानकारी दिए । पार्टिको नियमित बैठक, तह अनुसार छुट्टाछुट्टै लेबिको व्यवस्था , युवालाई प्रशिक्षण, सबै शाखा विस्तारको कार्यक्रम अगाडि बढाइने जानकारी दिए ।

पार्टीका दिवसहरु नियमित मनाइने, युवा सम्मेलनको आयोजना गरिने , युवा उद्यमहरु सञ्चालन गरिने, “गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल” अभियान अन्तर्गत वडा, टोल प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने , कांग्रेस पार्टिलाइ योगदान दिनेलाइ सम्मान गरिने र भातृ संस्थाहरुलाई चुस्तदुरुस्त बनाइने सभापति पन्थीले जानकारी दिए ।

जिल्ला सम्मेलन ऐतिहासिक बनेको सभापति पन्थीले बताए ।

Awareness by SKF

पछिल्लो क्रम राजनीतिक दलप्रती बिस्वास घटेको बेला मानिसको उत्साहले पछिल्ला कार्यक्रमलाई सहज भएको सभापति पन्थीले जानकारी दिए । बिगतको आर्थिक दायित्व चुक्ता गर्ने अभियान पनि संचालन गर्दै पार्टीको ऋण खोजीखोजी तिर्ने सभापति पन्थीले बताए ।

जिम्मेवारी र कार्यसम्पादन गर्ने सबैलाई नेपाली कांग्रेस गुल्मीका सचीव भगत खड्काले धन्यवाद दिए । कर्म निरन्तर र राम्रो गरे पुरानो दलको मान्यता यथावत भएको समेत सचीव खड्काले दावी गरेका छन ।

जिल्ला सम्मेलनमा केन्द्रीय महामन्त्री गगन थापा, केन्द्रीय सदस्य नैन सिंह महर, चन्द्र भण्डारी ,चन्द्र केसी, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका छिमेकी जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।दोस्रो जिल्ला सम्मेलनमा हजारौं दर्शकको उपस्थिति रहेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो