Awareness

Musikot Mahotsav

गुल्मीमा बालिका बलात्कारपछि हत्या गर्ने युवा पुर्पक्षका लागि कारागार चलान



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: पछिल्लो समय गुल्मीमा निकै चर्चामा आएको शान्तिपुर घटनाका आरोपित अन्तत: पुर्पक्षको लागि जेल चलान भएका छन।

Forest
Forest
Ad.

गुल्मीको चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका-७ का २३ बर्षीय रहिस खाँ पुर्पक्षका लागि सोमबार जेल चलान भएका छन् । उनी १७ कार्तिकमा शान्तिपुरबाट पक्राउ परेका थिए । १७ कार्तिकमा बालिका शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेकी थिइन्।

यो पनि: गुल्मीको शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कारपछि हत्याको आशंका (भिडियो सहित)

खोलामा बालिकाको दर्दनाक अवस्थामा शब फेला परेदेखि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै बिरोध र प्रर्दशन समेत गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविन किशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेर संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासंग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका १६ कार्तिकबाट परिवारको सम्पर्कमा थिइनन् । आमासंग घर नजिकैको खेतमा काम गर्न गएकी उनी १६ कार्तिकको बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि फर्किनन् । स्थानीय र परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै गएका छन् ।

गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले सोमबार खाँलाई पुर्पक्षको लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

पछिल्लो तीन बर्षमा यो चन्द्रकोट गाउँपालिकाको दोस्रो ठुलो घटना हो । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको जंगलमा ०७७ कात्तिक १६ गते दुई बालिकासहित महिलाको बीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेका थिए । १३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका–२५ हेम्जाबाट पक्राउ गरिएको थियो।

Awareness by SKF

यो पनि: गुल्मीको शान्तिपुरमा नग्न अवस्थामा एक किशोरीको शव फेला

हत्या भएका तीन जना मोरङ कानेपोखरी गाउँपालिका–३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेका थिए । गुल्मी जिल्ला अदालतले हत्याकाण्डमा संलग्न मुख्य व्यक्ति बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म कैद सजायँ फैसला गरेको छ । यो नौलो सजायँ हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →