Awareness Campaign

कांग्रेस महामन्त्री गगन थापा रेसुङ्गा दर्शनमा



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा शनिबार बिहान गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको दर्शन गर्न पुगेका छन। रेसुङ्गा नगरपालिकाको जाउँ हिँड रेसुङ्गा अभियानको टिसर्टमा सजिएर त्यस पालिकाका मेयर तथा सो पार्टीका गुल्मी जिल्ला सभापति खिलध्वज पन्थी सहितका नेताहरु रेसुङ्गा दर्शनमा पुगेका हुन।

शनिबार दिउँसो नेपाली काङ्ग्रेस गुल्मीको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेता गगन थापा जिल्लाको सदरमुकाम आएको बेला रेसुङ्गा दर्शन पुगेको बेला नेता साथीहरु सङ्ग निकै रमाएका थिए। दुई दिन सम्म चल्ने सम्मेलनको पहिलो दिन शनिबार अबको आधा घण्टा पछि चिदिचौरमा खुल्ला आमसभा हुने र भोलि बन्दसत्र हुने सम्मेलन प्रचारप्रसार समितिका संयोजक तथा सो पार्टीका सहसचिव छवि पाण्डेले जानकारी दिए। उनका अनुसार नेता थापा सहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, चन्द्र केसी, नैनसिंह महर र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन आई पुगेका छन।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा बाटोमा आउदैछन भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोईराला आउने भनिएको भए पनि नआउने भएको पण्डेले बताए।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →