Salime Malika Krishi Farm

Awareness Campaign

फरार ढोरपाटनका देव कुमार नेपाली आए सम्पर्कमा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन्।

उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आउनुभएको छ ।

उहाँले मेरो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताउनुभयो । संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उहाँले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताउनुभयो ।

सिंचाई
Forest
Ad.

मेरो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग भएको बताउनुभयो । उहाँले नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गर्नुभयो । उहाँले इमेजमा बचत कर्ताहरुले भनेजस्तो पुरै डिपोजिट नभएको जिकिर गर्नुभयो ।

कर्मचारीहरुले मनोबोली ढंगले ऋण लगानी गरेको समेत उहाँले जानकारी दिनुभयो । केही साथीहरु छ महिना सम्म बचत फिर्ता गर्ने समय सम्म धैर्य गर्न नसेको बताउनुभयो । उहाँले आफ्नो घर जग्गा विक्रि गरेर बचत फिर्ता गर्ने बातावरण मिलाउन शचतकर्ता तथा शेयर सदस्यहरसंग आग्रह गर्नुभएको छ । आदर्श अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो