Salime Malika Krishi Farm

Awareness Campaign

साहित्यकार लव जोशीको शीत काव्य लोकार्पण 



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: साहित्यकार लव जोशीद्वारा नेपाली र अंग्रेजी दुवै भाषामा लिखित काव्य संग्रह शीतको शीत जन्मभूमि पाल्पामा लोकार्पण भएको छ। पाल्पा साहित्य समाजको २९ ओैँ वार्षिक दिवस समारोह, पाल्पाली आदिकवि छविलाल नेपालको १७४ ओैं जन्मजयन्ती, शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओैँ जन्मजयन्तीको अवसरमा जोशीको काव्य कृति लोकार्पण भएको हो।

कृति लोकार्पण पछि कार्यक्रममा प्रमुख अतिथि तानसेन नगर पालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले सम्बोधनको क्रममा भन्नुभयो , ” पाल्पाका आदिकवि छविलाल नेपालका सन्ततीले धवल पुस्तकालय निर्माण गर्न जग्गा प्रदान गर्नु भएको , माधव प्रसाद देवकोटा राष्ट्रिय स्तरमै स्थापित कवि भएको , कृतिकार लव जोशीको शीत काव्य नौलो रहेको , सम्मानित व्यक्तित्वहरू लव जोशी,ज्ञानकाजी शाक्य , मदन देउराली र सुशीला श्रेष्ठ योग्य पात्र सम्मानित हुनु भएको छ । ”

कार्यक्रममा कृतिकार लव जोशीलाई छविलाल नेपाल पाल्पाली पुरस्कारद्वारा समेत पुरस्कृत गरि सम्मान गरियो । पाल्पाली आदिकवि छविलाल नेपालको नाममा स्थापित यो पुरस्कारबाट समाजले स्थापनाकाल २०५१ साल देखिनै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्दै आएको छ ।

सिंचाई
Forest
Ad.

जोशीलाई शीत काव्य समाजद्वारा समेत सम्मान पत्र समर्पण गरियो ।समाजले यस वर्ष भैरव तुलसी सिंह स्मृति पुरस्कारबाट कलाकार मदन देउराली , अथक रेग्मी सृजना पुरस्कारबाट ज्ञानकाजी शाक्य र राधाइन्द्र समाजसेवा सम्मानद्वारा समाजसेवी एवं शिक्षासेवी सुशीला श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा लोकार्पण गरिएको कृतिमाथि नेपाली र अंग्रेजीमा गहन समीक्षा साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियोे । समीक्षाको क्रममा न्यौपानेले ” लव जोशीले विभिन्न विधाका नेपाली र अंग्रेजी भाषामा कृति प्रकाशित गर्नुका साथै पाल्पा भूमिबाट परिकल्पित भएको शीत काव्यलाई अंग्रेजी भाषामा समेत लेखी नेपाली लघुतम साहित्यको विश्वव्यापी रूपमा प्रचार गराउनु भएको छ । कृतिभित्रका उहाँका शीतहरू अव्वल र दार्शनिक रहेका छन् । शसक्त , अर्थपूर्ण र सूत्रात्मक रहेका छन् ।” भनी बताउनु भयो । कृतिभित्र ३४ वटा शीर्षकमा शीतहरू रहेका छन् । शीत कृति उदाहरणीय पठनीय एवं संग्रहणीय रहेको छ ।

कृतिकार एवं पुरस्कृत व्यक्तित्व लव जोशीले ,” जन्मभूमि पाल्पामा आई सम्मानित हुन पाउँदा गर्व लागेको छ । आफ्नो जन्मभूमि पाल्पाबाट उत्पत्ति भएको शीत काव्यलाई अंग्रेजी भाषामा पनि रसपान गर्न सकुन भनी एउट‌ै कृतिमा नेपाली र अंग्रेजी गरी दुवै भाषामा शीत काव्य THE DEW POETRY तयार पारी प्रकाशित गरिएको हो ।”

कार्यक्रममा साहित्यकार कृष्णप्रसाद कोइराला, सुशीला श्रेष्ठ , ज्ञानकाजी शाक्यद्वारा सम्मानित एवं पुरस्कृत व्यक्तित्व, कृतिकार लव जोशी र पाल्पा साहित्य समाजलाई शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गरिएको थियोे । शीत परिकल्पनाकार एवं पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,सदस्य गोविन्द खनालद्वारा स्वागत,सल्लाहकार चित्रवलीराम सुवालद्वारा छविलाल र देवकोटामाथि प्रकाश पार्ने कार्य तथा सचिव सविता भट्टराईद्वारा कार्यक्रम संचालन गरिएको थियोे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो