गुल्मी: गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय रमेश मृत फेला परेका छन्।
कालीगण्डकी गाउँपालिका-१, बकेवाका भट्टराई शनिबार बिहान मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
हर्मिचौरमा रहेको हनुमान पार्कको नजिकै सडकदेखि मुनि पल्सर बाइकसँगै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको पाण्डेले बताउनुभयो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







