Salime Malika Krishi Farm

Awareness Campaign

न्वागी खाने शुभ साईत सार्वजनिक



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पौदीबासीहरुले घरमा नयाँ बालि भित्र्याएको खुसीयालीमा प्रत्येक वर्ष मनाउँदै आएको न्वागी पर्वको यस वर्षको शुभ साईत मसिंर ३ गते परेको छ। बडिगाड गाउँपालिका वडा नं ५ वडा कार्यालयले आज एक सुचना जारी गर्दै न्वागीको शुभ साईत सार्वजनिक गरेको हो।

वडाध्यक्ष विष्णु प्रसाद आचार्यद्धारा जारी गरिएको सुचनामा न्वागी खाने शुभ साईत मसिंर ३ गते आईतबार बिहान ९ बजेर ३४ मिनेटमा न्वागी खानु शुभ रहेको उल्लेख गरिएको छ । न्वागी खाँदा पूर्व मुख गरेर खान पनि आग्रह गरिएको छ ।

पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागीलाई स्थानीइ पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान भित्राएपछि सोहि धानको नयाँ चामल दहिमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ।

सिंचाई
Forest
Ad.

इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रलाई पौंँदि क्षेत्र भनिने गरेको छ । यसै विच न्वागी पर्वको अवसर पारेर हरेक वर्ष पौँदी न्वागी मेला संस्कृति संरक्षण समितिले न्वागी मेला आयोजना गर्दैै आएको छ । यसवर्षको न्वागी मेला मसिंर ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो