गुल्मी: शुक्रबार राष्ट्रिय कफी दिवस। संयोग सोही दिन कफीको जननी जिल्ला भनेर चिनिने गुल्मी, त्यसमा पनि मुसिकोट नगरपालिकामा जापानी जनप्रतिनिधीहरुले भ्रमण गरेर भविष्यमा गुल्मीको कफी सहितको स्थानीय उत्पादन र जापनी उत्पादन आदानप्रदान गर्ने लगायतका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।
मुसिकोट नगरपालिका र जापानको आईता प्रान्तको बुङ्गोओन नगरपालिका बिच भगिनी सम्बन्ध स्थापनाका लागि सद्भावपुर्ण भेटघाट कार्यक्रममा कार्यक्रममा बुङ्गोओना सिटीका मेयर फुमितोशी खबानोको नेतृत्वमा आएको पाँच सदस्यी प्रतिनिधी मण्डललाई मुसिकोट नगरपलिकाका मेयर जिवलाल खरेल जिवनले भब्य स्वागत गर्नु भएको थियो। भविष्यमा भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पत्रमा दुवै नगरपालिकाका मेयरले हस्ताक्षर गरेर आदान प्रदान गरेका थिए।
समारोहको स्वागत कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर खरेलले भन्नुभयो, ‘आज राष्ट्रिय कफी दिवसकै दिन जापानी जनप्रतिनिधहरुलाई कफीको जननी जिल्ला त्यसमा पनि मुसिकोट नगरपालिकामा स्वागत गर्न पाउनु शुभ संकेत हो भन्ने मलाई लागेको छ।’
आज भन्दा तीन वर्ष अघि पुर्व मेयर सोमनाथ सापकोटा, वडा नम्बर ७ का तत्कालिन वडाध्यक्ष प्रकाश काफ्ले, वडा नंबर ८ का तत्कालिन वडाध्यक्ष नारायण सापकोटा, जापानको उक्त नगरपालिकामा सद्भावपुर्ण भ्रमणमा पुगेका थिए। त्यस्तै वामी घर भई जापानमा विभिन्न व्यवसाय गरेर बस्ने रोशन केसी, सुरेश केसी, भुषण घिमिरेले पनि यी दुई नगरपलिका बिच सद्भावपुर्ण भ्रमण गराई भगिनी सम्बन्ध स्थापना गराउने भुमिका खेलिरहेको प्रति मेयर खरेलले धन्यवाद दिएका थिए।
कार्यक्रमा जापानमै पढेर आउनु भएका प्राध्यापक डाक्टर ताराप्रसाद सापकोटाले गुल्मीमा कफी उत्पादनबारे जापानी पाहुनाहरुलाई अवगत गराएका थिए।
समाहोरको पानसमा दिप प्रज्वलन गरी बुङ्गोओना सिटीका मेयर फुमितोशी खबानोले उद्घाटन गर्दै खुशी व्यक्त गरेका थिए। कार्यक्रममा उपप्रमुख गंगा श्रेष्ठ, पुर्वमेयर सोमनाथ सापकोटा, प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवर, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधी र मुसिकोट नगरपालिकाका बुद्धिजिवीहरुको सहभागिता थियो।
समारोहमा दुवै मेयरले मायाको चिनो आदानप्रदान गरेका थिए। मेयर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यस नगरपालिकाका कर्मचारी विष्णुप्रसाद खरेलको सहजिकरण रहेको थियो। यसैबीच उनै जापानिज जनप्रतिनिधिहरुले आँपचौरमा रहेको कफी बगानको अवलोकन समेत गरेका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |