Salime Malika Krishi Farm

Awareness Campaign

भगिनी सम्बन्धका लागि मुसिकोट आएको जापानको प्रतिनिधि मण्डललाई स्थानीय संस्कृतिकाबीच स्वागत



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गगोओनो नगरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ।

दुई नगरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूणर् रुपमा सहयोग आदानप्रदान गर्ने गरी भगिनी सम्बन्ध कायम गर्न लागिएको मुसिकोट नगरपालिकाका प्रवक्ता हरिहर सापकोटाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिका र जापानको ओइता प्रान्तको बुङ्गगोओनो नगर बीच भोलि मसिंर १ गते भागिनी सम्बन्ध कायम गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । भगिनी सम्बन्धका लागि त्यहाँका नगर प्रमुख खावानो फूमितोसी लगायत भ्रमणदलका सदस्यहरु वामीटक्सार आईपुगेका छन्।

उनीहलाई एक कार्यक्रम सहित भव्य स्वागत गरिएको छ । मुसिकोट नगरपालिका नगरप्रमुख जीवन खरेल लगायत जनप्रतिनिधि तथा नगर भित्रका विभिन्न जातजातिका पहिरन सुसज्जित स्थानीयहरुले उक्त टोलीलाई भव्य स्वागत गरेको हो।

उनीहरुको स्वागत तथा सत्कारार्थ वामीटक्सार स्मार्टपार्कमा स्थानीय विभिन्न झाँकी, लाखे नाँच, सराँय नाच, भजन कृतन सहित मुसिकोटको पहिचान झल्काउने विभिन्न प्रस्तुतीहरु राखिएको थियो । पञ्चेबाजाका साथमा मुसिकोट भित्र रहेका विभिन्न क्षेत्रका संस्कृतीहरुलाई स्वागत कार्यक्रम तथा सद्भावना भेटघाट कार्यक्रम समेत राखिएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो