Salime Malika Krishi Farm

Awareness Campaign

असक्तको घरमै सामाजिक सुरक्षा भत्ता लिएर पुग्यो शाईन रेसुङ्गा बैंक



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

मुसिकोट: शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक वामी शाखा गुल्मीले मुसिकोट नगरपालिका. वडा न. ९ का अशक्त नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

बैंकले मुसिकोट नगरपालिका गुल्मी , वामी प्रहरी चौकी , वडाध्क्ष्य , वडा सचिव लगायतको समन्वय तथा सहयोगमा सामाजिक सुरक्षा भत्ता वितरण र श्री ज्ञानज्योती आधारभुत मा.बि.मा स्थानियबासिहरुलाई बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक सजना शाक्यले गर्नु भएको थियो भने सन्चालन तथा सहजीकरण रिलेसन्सिप म्यानेजर सुर्य प्रसाद खनालले गर्नु भएको थियो ।

प्रमुख अतिथि मुसिकोट ०९ कि वडा अध्यक्ष भुमा गुरुङ , विशेष अतिथी प्रहरी वरिष्ठ नायब निरीक्षक लक्षमण विश्वकर्मा रहेको वित्तिय साक्षरता कार्यक्रममा स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

सिंचाई
Forest
Ad.

कार्यक्रम प्रस्चात सहभागिहरुले समय समयमा यस्तै जानकारिमुलक साक्षरताका कार्यक्रमहरु ल्याउनका लागि आग्रह समेत गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो