Clean Water Campaign

Awareness Campaign

गुल्मीको झिनियाँ रोटीले ठूलो बजारको माग थेग्नै गाह्रो (भिडियो रिपोर्ट सहित)



प्रेम सुनार
२ वर्ष अगाडि


       

Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा वर्षौ अघिदेखि झिनिया रोटीले जिल्ला बाहिरका ठूला शहरसम्म प्रशिद्धि कमाए पनि स्थानीय सरकारले यसलाई उद्योगका रुपमा विकास गर्न चासो देखाएको छैन। विशेषतः तिहारको रोटीहरु मध्ये बढीनै रुचाईने र अन्य बेलामा समेत चाखिलो खाजाका रुपमा लिईने झिनिया रोटीको बाहिरी बजार गुल्मीले थेग्न सकेको छैन।

गुल्मीको सदरमुकाम तम्घास योभन्दा पुरानो ब्यापारिक केन्द्र रिडी, पुर्तिघाट, वामिटक्सार, बलेटक्सार, शान्तिपुर लगायतका नेवार समुदायले उत्पादन गर्दै आएको झिनिया रोटी अहिले आम समुदायले आम्दानीको श्रोत बनाउँदै आएका छ्न । एउटै बजार पुर्तिघाटबाट मात्रै वर्षेनी करोडौंको झिनिया रोटी उत्पादन हुन्छ । सर्वसाधारण मात्रै होईन झिनिया रोटी उत्पादनमा राजनैतिक दलका नेताहरु समेत लागेका छ्न् ।

हामी पुर्तिघाट बजारमा पुग्दा नेपाली काङ्ग्रेस कालीगण्डकी गाउँपालिका सभापति निम बहादुर श्रीस समेत असिनापसिना हुँदै झिनिया रोटी बनाउँदै थिए । तिहार नभित्रिनु अघि नै पचास हजार कमाएको बताउने श्रीसले बुटवल बजारसम्मको माग थेग्न नसकेको सुनाउँदै स्थानीय सरकारले लगानीको बातवरण सिर्जना गरेर उद्योगका रुपमा बिकास गर्न सके झिनिया रोटी ठूलो परिमाणमा उत्पादन हुने बताए ।

सिंचाई
Forest
Ad.

पुर्तिघाट बजारका सारा घरको छत र घाम लाग्ने पेरिफेरि झिनुवा रोटी सुकाईएको दृश्यले रङ्गिएको थियो । करिब ५० घरधुरीले व्यावसायिक रुपमै झिनिया रोटी बनाउने र कतिपयले डेढ दुई लाखसम्म आम्दानी लिने बताए । कालीगण्डकी गाउँपालिकाको केन्द्र रहेको पुर्तिघाट बजार भक्तपुरका नेवारहरुले बजारिकरण सुरु गरेको जिल्लाकै पुरानो ब्यापारिक केन्द्र हो ।

करिव २ सय वर्ष अघिदेखि हाटबजार सुरु गरिएको पुर्तिघाटको पुरानो ब्यापारिक कनेक्सन मोटर बाटाको सुविधा नहुने बेलासम्म खच्चडमा स्याङ्जाको ग्ल्याङ्ग हुँदै पोखरा तिर थियो । अहिले कालीगण्डकी कोरिडोर सडकले ब्यापारिक कनेक्सन बुटवल भैरहवा र भरतपुरसँग जोडेको छ । कालीगण्डकी गाउँपालिका गेडागुडी दाल उत्पादनको पनि प्रशिद्ध थलो हो ।

झिनिया रोटीसहित स्थानीय उत्पादनलाई उद्योगका रूपमा विकास गर्नेतर्फ ध्यान गएको छैन भन्ने प्रश्नमा कालीगण्डकी गाउँपालिका उपाध्यक्ष मन्जुकुमारी दर्लामीले भनिन् गेडागुडी दालको बजारीकरणमा पालिकाले ध्यान दिईसकेको र झिनिया रोटीको उत्पादनमा पनि बढवा दिन आफूले कार्यापालिकामा कुरा राख्ने बताइन।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →