Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा बालबालिकाको स्याहारसुसारको अवस्था कमजोर



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा आमा बाबुको प्रत्यक्ष स्याहारसुसार र स्वास्थ्य अवस्था कम्जोर रहेको सरकारी तथ्यांक पेश गर्दै एक खोजकर्ताले बताएका छ्न ।

देशभर ७७.६९ प्रतिशत बालबालिका आमा बाबु सङ्ग बस्छ्न । लुम्बिनी प्रदेशभर ७५ . ८ प्रतिशत बालबालिका आमा बाबु सङ्ग बस्छ्न । तर गुल्मी भने जम्मा ५८.१ प्रतिशत मात्रै बालबालिका आमा बाबु सङ्ग बस्ने गरेको सरकारी तथ्यांकले देखाएको खोजकर्ता योगराज शर्मा कडेलले बताएका हुन।

शुक्रबार गुल्मी महोत्सवको अवसरमा आयोजित गुल्मीमा लगानी सम्भाव्यता अध्ययन कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै कडेलले भने बालबालिकाका लागि यो अबस्था निकै गम्भीर हो ।

Forest
Forest
Ad.

रोजगारीको लागि घर देखि टाढा पुग्नु यसको मुख्य कारण भएको उनको ठहर थियो। त्यस्तै गुल्मीमा असक्षम बालबालिका जन्मिने क्रम पनि बढ्दो रहेको कडेलले बताए ।

उनका अनुसार देशभर शारीरिक असक्षमता भएका बालबालिका ३७.१ % बालबालिका जन्मिने गरेका छ्न । यस प्रदेशभर ३७.८% र गुल्मीमा पनि ३७.८ % बालबालिकाका जन्मिने गरेका छ्न ।

कम दृष्टि भएका देशभर १७.१% , प्रदेशभर १७.७ % र गुल्मीमा १४.२% बालबालिका जन्मिने गरेका छ्न । अन्धोपन : देशभर ५.४% , प्रदेशमा ५.०%र गुल्मीमा ४.७ % जन्मिने गरेका छ्न । बहिरोपन : देशभर ७.९% , प्रदेशमा ७.८% र गुल्मीमा ८.९% जन्मिने गरेका छ्न । मनोसामाजिक असक्षमता गुल्मीमा थप चिन्ताजनक छ । देशभर यस्ता बालबालिका ४.३% , प्रदेशभर ४.३% र गुल्मीमा ५.७% जन्मिने गरेका छ्न । जसले गर्दा गुल्मीमा आत्माहत्याको संख्या बढेको कडेलको ठहर छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →