Awareness Campaign

न्वागी मेलाको तैयारी सुरु: मसिंर ३ देखि ८ गतेसम्म चल्ने



सागर भण्डारी
१ वर्ष अगाडि


Place for ads

गुल्मी: पौँदीबासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । घरमा नयाँ धानबाली भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ।

न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ । यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गुणानिधि घिमिरले मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत तथा एकल रेकर्ड डान्स, सोरठी भैलो, पुरुष छेलो, कुर्ची दौड, भाले छुने, हाँस छुने, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुबीचको मैत्रीपूणर् भलिबल प्रतियोगीता लगायत राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सहित कराँते प्रदर्शनी, कृषि मेला प्रदर्शनी लगायतका अन्य विविध साँस्कृतिक कार्यक्रम रहने जानकारी दिनुभयो ।

Forest
Forest
Ad.

यस क्षेत्रको मुख्य अन्नबाली धान भित्र्याएपछि न्वागी खाने यो प्रचलन दशकौंदेखि चल्दै आइरहेको परम्परा हो । यस वर्षको न्वागी खाने दिन भने मंसिर ३ गते शुभ साइत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष एवम् पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समिति सचिव बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

जुवातास खेलाउने प्रवृत्तिका कारण यस वर्ष अल्का मेला भने नराखिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १५ लाख खर्च हुने अनुमान गरिएको र विभिन्न प्रायोजक, गाउँपालिका, नाम दर्ता, स्टल लगायतबाट आम्दानी हुने अनुमान गरिएको उहाँले बताउनुभयो । न्वागी मेलालाई जीवन्त राख्ने पौँदी क्षेत्र भित्र रहेका धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा स्थानीयको आयस्तरमा वृद्धि गर्ने लक्ष्य सहित मेलाको आयोजना गरिएको आचार्यको भनाई छ।

मेलामा ३०/३५ वटा स्टल रहने र झण्डै ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ।

खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । न्वागी पर्व बागलुङको बडीगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, इस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूणर् पर्वको रुपमा स्थापित भएको छ ।

Awareness by SKF

मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय लगायत गरि साना र ठूला व्यापारको विभिन्न स्टलहरु बुकिङ हुने गरेका छन् । विशेष गरी मेलामा बढी मात्रामा फलफुल अन्तर्गत सुन्तला, होटल व्यवसाय, फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ ।

कणर्ाली राज्य टुक्रिएर १५ औँ शताब्दी तिर इस्मा राज्य अन्तर्गत परेपछि त्यस क्षेत्रमा न्वागी खाने प्रचलन सुरु भएको कथन छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो