Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने निणर्य गरेको छ। मंगलबार बसेको कार्यपालिका बैठकको निणर्य बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निणर्य गरिएको नगर प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो।

जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनासकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित सरकारको एकद्धार नीति प्रणाली बमोजिम प्रधानमन्त्री राहत कोषमा एक लाख पठाउने निणर्य कार्यपालिकाको बैठकबाट गरिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महसुस होस् भन्ने हेतुले सहयोग गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो