Awareness

Musikot Mahotsav

गुल्मीमा तिहारमा फूल्ने मखमली फूल लोपोन्मुख



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी: पश्चिम पहाडी जिल्लाहरुमा तिहारमा मखमली फूलको मालाको बेग्ले महत्व हुन्थ्यो र एक दशक अघिसम्म आँगनको डिल, भित्ता र घरको तहलाहरुमा आफै फुल्थ्यो। तर एक दशकयता मखमली फूल लोपन्नमुख अवस्थामा पुगेको छ।

Forest
Forest
Ad.

सदरमुकामदेखि पश्चिम र उत्तर गुल्मीको मुसिकोट नगरपालिका, इस्मा, धुर्कोट, मदाने र मालिका गाउँपालिकामा केहि वर्ष अघिसम्म प्रशस्त मात्रमा मखमली फूल पाउँथ्यो तर अहिले त्यस भेगमा बिरलै पाउन थालेको छ । मुसिकोट नगरपालिका मेयर जिवलाल खरेल (जिवन) भन्छन, ‘पछिल्लो पुस्ताले सयपत्री फूलको माला लगाउन थाले र आयतित पनि बढी हुन गयो। मखमली फूलको बिउ लगाउन छाडे मानिसमा पहिला पहिला जस्तो यसको महत्व कम हुँदै गएको छ। नओईलिने फुलका रुपमा मखमली फूललाई लिईन्छ र यसको महत्व बेग्लै छ।’

त्यस्तै पूर्वी गुल्मी भेगमा पनि कमै मात्रमा फूलेको देखिएको चन्द्रकोट गाउँलिका अध्यक्ष युवाराज खत्री क्षेत्री बताउँछन । पहिला पहिला जस्तो फूलेको खासै देखिन्न, सायद बिउँ संरक्षण हुन नसकेर होला । क्षेत्रीले भने ‘आगमी वर्ष यसको बिउ खोज्ने संरक्षण गर्ने तर्फ लाग्नु पर्ला ।’ त्यस्तै दक्षिण गुल्मी तर्फ पनि मखमली फूल फूल्न वा फुलाउन छाडिएको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा बताउँछन । भन्छन –‘पहिला पहिला त हामीले धेरे जसो मखमली फूलकै माला तिहारमा बढी लगाउथ्यौं, हाम्रो पहाडमा मखमली, हँजेरी र थुगे फुल भन्थ्यौं हामी सानै छँदा यिनै फूलका माला लगाईन्थ्यो, अहिले भने मखमली फूल फूलेको कमै देखिन्छ ।’

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले मखमली फूल लोप हुँनुको कारण सयपत्री फूलको आयात बढी हुन थाल्नु र मखमली फूलको बिउँ संरक्षण हुन नसक्नु रहेको बताए । उनले भने -‘एक प्रकारले पहाडी जिल्लाको मखमली फूल मौलिक फुल नै हो, पहिला पहिला यसको महत्व निकै थियो, आगमी वर्षहरुमा यस फूलको बीउ संरक्षण गर्ने तर्फ लाग्नु पर्ला ।’ केहि वर्ष अघिसम्म तिहारमा एउटा पहेलो फूलको माला लगाउँदा अर्को रातो रंङको मखमली फूलको माला लगाउँदा निकै सु्हाएको र सोभा दिएको ठानिन्थ्यो ।

देउँसी भैलीमा मारुनी, पुर्सुङ्गेहरु दोकाँधे बनाएर मखमली फूलको माला लगाउँथे । अर्थात एक काँधको माला अर्को कोखतर्फ र अर्को काँधको माला अर्को कोखतर्फ लगाउँदा निकै सोभायमान देखिन्थ्यो । पछिल्लो समय सत्रपत्री फूलले ह्वात्तै बजार लियो । अझ बढी त कृतिम फूलका मालाहरुले ठूलो बजार लिएको छ । तर आफ्नै आँगन वरीपरी फूल्ने फूलको संरक्षण भने गर्न छाड्नु परनिर्भरता तर्फ धकेलिनु हो भन्छन् बुद्धिजिवीहरु ।

दुई पालिकामा कृत्रिम फुलको माला निषेध

जिल्लाका १२ वटा स्थानीय तह मध्ये धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिहरुको पहिलो कार्यकालदेखि नै तिहारमा कृतिम फूलको माला खरिद बिक्रि निषेध गरिएको थियो । अहिले पनि निषेध नै छ । उक्त गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल भन्छ्न ‘धुर्कोट फूलको मालामा आत्मानिर्भर भईसकेको छ ।’

Awareness by SKF

यसैगरी छत्रकोट गाउँपालिकाले यस वर्षको तिहारदेखि कृतिम फूलको माला निषेधको घोषणा गरेको छ । त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भने–‘शब्दमा निषेध मात्रै होईन कसैले कृतिम फूलको माला किनबेच गरे हामीले कारबाही गर्छौ । त्यसका लागि छत्रकोटलाई फूलको मालामा आत्मानिर्भर हुने गरि हामिले व्यवसायिक पुष्प खेति सुरु गरेका छौं । जो–जसको घरलाई फूलको माला पुग्दैन उनिहरुलाई हाम्रो कृषि शाखा मार्फत सहुलीयत दरमा बिक्री बितरणको व्यवस्था गरेका छौं।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →