Awareness

Musikot Mahotsav

सर्वाधिक पुरस्कार राशिको प्रथम मुसिकोट मेयर कप भोलिदेखि, विजेतालाई डेढ लाख



सागर भण्डारी
१ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनमा भोलिदेखि सुरु हुने प्रथम मुसिकोट मेयर कपको सम्पूर्ण तैयारी पुरा भएको छ।

Snow
Forest
Ad.

कप अन्तर्गत कार्तिक २२, २३ र २४ गते खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुँदैछ । मंगलबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तैयारी पुरा भएको जनाएको हो ।

खेल क्षेत्रमा स्थापित गरी मुसिकोटको पहिचान विश्वव्यापी बनाउने र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो।

मुसिकोट वडा नं- ४ ग्वादिकाचौर खेल मैदानमा हुने कार्यक्रम बुधबार भोलि बिहान ११ बजे लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुषालले समुद्घाटन गर्ने तय भएको र समुद्घाटन खेल दिउँसो २ बजेदेखि सुरु हुने खत्रीले बताउनुभयो।

समुद्घाटन खेल पोल १ बाट मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच हुनेछ । भलिबल प्रतियोगीतामा हालसम्म ९ समुहले नाम दर्ता गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कार्यक्रममा अपेक्षा भन्दा कम सहभागीता भएको अध्यक्ष खत्रीले बताउनुभयो।

कार्यक्रम सञ्चालनका लागि ६ लाख खर्च अनुमान गरिएको र नगर सभाबाट ५ लाख विनियोजन भएको भन्दै मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले बाँकी १ लाख अपुग रकम हिँउदे सभाबाट रकमान्तर गरिने जानकारी दिनुभयो।

खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधि जित्ने समुहले नगद रु. १ लाख ५० हजार कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय हुने प्रतियोगी समुहले नगद रु. १ लाख रुपैयाँ कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

Awareness by SKF

यो पुरस्कार राशि जिल्लामा अहिलेसम्म भएका भलिबल प्रतियोगीता मध्येकै सर्वाधिक राशिको पुरस्कार रहेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष खत्रीको भनाई छ । खेलमा सहभागी हुने समुहलाई ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

रनिङ शील्ड प्राप्त गर्नका लागि भने लगातार तिन पटक एउटै प्रतियोगी समुहले उपाधि जित्नुपर्नेछ । मुसिकोट नगर खेलकुद विकास समितिले कार्यालय स्थापना, राष्ट्रपति रनिङ शील्ड, भलिबल खेलाडी छनौट र वृक्षरोपण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो