Salime Malika Krishi Farm

Awareness Campaign

तिनाउखोला ड्याममा डुबेर युवतीको मृत्यु 



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मङ्गलबार दिउँसो पाल्पाको तिनाउ खोलाको ड्याममा डुबेर एउटि भारतिय युवतीको मृत्यु भएको छ। दिउँसो साढे एक बजेको समयमा भारतको उत्तर प्रदेश स्थित मगहरकाजिपुर निवासी २० बर्षिया युवती शाहिस्ता प्रविनको डुबेर मृत्यु भएको हो।

तिनाउ गाउँपालिका- ३ मा रहेको तिनाउ खोला ड्याममा उनि फोटो खिच्ने क्रममा चिप्लिएर खसेको बताईन्छ । उत्तर प्रदेशको एक विद्यालयबाट शिक्षक र विद्यार्थी सहित करिब २५ जनाको टोलि त्यहाँ भ्रमण आएका थिए ।

मृतकको शव प्रहरी चौकि दोभानबाट खटिएको टोलीले उद्वार गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याईएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो