Awareness

गुल्मीको एक पसलमा आगलागी, करिब ३५ लाखको क्षति



प्रेम सुनार
४ हप्ता अगाडि


Place for ads

गुल्मी: गुल्मीमा गएराति एक पसलमा आगलागी हुँदा पार्किङ गरेका मोटरसाइकलसहित करिव ३५ लाखको क्षति भएको छ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका -७ देउराली चारपाला फेदिको टोप बहादुर बस्नेतको टिनले छाएको २ तले कच्ची किराना पसल राखेको घरमा आगलागी भएको आफुलाई जानकारी आएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डिल्लिनारायण पाण्डेले जानकारी दिए।

Get Vaccinated

स्थानीयका अनुसार आगलागीबाट एक सय ५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामान सहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाखको क्षति भएको छ । गएराती करिब साढे १२ बजेको समयमा लागेको उक्त आगो साढे तीन बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →