Awareness

गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका बाइक सहित ३५ लाखको क्षति



ओझेलका खबर संवाददाता
४ हप्ता अगाडि


Place for ads

गुल्मी: गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका मोटरसाइकलसहित ३५ लाखको क्षति भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ देउराली चारपाला फेदिको टोप बहादुर बस्नेतको टिनले छाएको २ तले कच्ची किराना पसल राखेको घरमा एक्कासी आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आगलागीबाट एक सय ५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामान सहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाखको क्षति भएको छ।

Get Vaccinated

गएराती करिब साढे १२ बजेको समयमा लागेको उक्त आगो साढे तीन बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो